प्रभु बैंकको पूँजी कोष खुम्चिएपछि ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

Nov 27, 2016 Merolagani

आफुले किनेका किष्ट र ग्राण्ड बैंकबाट प्रबाहित कर्जा असुलीमा ढिलाई भएर पूँजी कोष खुम्चिएपछि प्रभु बैंक(PRVU)ले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले आउने पुस ८ गते पन्ध्रौ बार्षिक साधारणसभा डाकेर १० बराबर ४ का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव सार्वजनिक गरेको हो । ४० प्रतिशत हकप्रदपछि उसको पूँजी कोष सुधार हुनुका साथै राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब नाघ्ने छ ।

उसले अन्य बैंक तथा बित्तीय संस्थाहरुलाई गाभ्ने गभिने र खरिद गर्ने सम्बन्धी प्रक्रियालाई पनि अघि बढाउने भएको छ । प्रभुले यसअघि संकटग्रस्त अबस्थामा पुगेका किष्ट, ग्राण्ड र नेपाल बिकास बैंकलाई किनेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक बित्तीय बिबरण अनुसार प्रभुको पूँजी पर्याप्तता १२.१३ बाट १०.५१ प्रतिशतमा खुम्चिएको छ भने निस्क्रिय कर्जा अनुपात ७.५४ प्रतिशत छ । राष्ट्रबैंकले बाणिज्य बैंकको निस्क्रिय कर्जा अनुपात ५ प्रतिशत तल र पूँजी कोष अनुपात ११ प्रतिशत माथि हुनुपर्ने गरी तोकेको छ ।

पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको कम्पनीले प्रति सेयर आम्दानी १९ रुपैयाँ कायम गरेको छ । बैंकको जगेडा कोषमा ५५ करोड मात्र भएकाले उसले गत बर्षको खुद नाफाबाट केही बाड्न सक्ने अबस्था छैन ।
प्रभुले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा दुई करोड रुपैयाँले मात्र खुद नाफा बढाउन सकी जम्मा २८ करोड कमाएको छ ।

ग्राण्ड र किष्ट बैंकबाट प्रबाह भएका कर्जाहरु असुलीमा प्रगति नभएपछि प्रभुले बैकल्पिक ब्यवस्था गरी कर्जा असुली गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

खराब ऋणीहरुको कर्जा वापतको धितो लिलामीमा चढाउँदा मुद्धा मामिला र धम्कीको सामना गर्नु परेपछि प्रभु बैंकले गैर बैंकिड सम्पति तर्फको विकल्प अख्तियार गरेको बुझिएको छ ।

ग्राण्ड बैंक तर्फबाट आएको सेयरलाई रोकेर प्रभुको मात्र सेयर कारोबार खोलिएपछि धितोपत्र बोर्डको निर्देशनमा हाल प्रभुको पनि कारोबार रोक्का छ । 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।