हिमालयन बैंकले प्रस्ताव गर्यो ३० प्रतिशत बोनस सेयर

Nov 30, 2016 Merolagani

हिमालयन बैंक(HBL)ले लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर बाड्ने प्रस्ताव गरेको छ । बैंक संचालम समितिको बैठकले प्रस्ताव गरेको यो बोनस हालै निश्काशन गरिएको हकप्रद सेयरले भने नपाउने स्पष्ट गरिएको छ । उसले बोनस सेयरको कर प्रयोजनका लागि अलग्गै नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

हकप्रद जारी गर्नुभन्दा अघि चार अर्व ९६ करोड चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ८१ करोड छ । 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख खुद नाफा गरेर प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।