धितोपत्र बोर्ड आफैले बनाएको समय तालिकामा कति काम भयो ? लौ बोर्डले नै खोजोस यी प्रश्नको उत्तर

Dec 02, 2016 Merolagani

तिलक कोइराला

नेपालको शेयर बजारले  फड्को मार्दै जाँदा गत साउनमा सर्वोच्च नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड आक्रामक सुधार योजनासहित अगाडि आयो । बजार सुधार तथा बिस्तारको काममा ढिलाई नहोस् भन्ने कुरामा बिशेष सतर्कता अपनाउँदै गत साउन ४ गते बोर्डले समय नै तोकेर अगाडि बढ्ने तालिका नै सार्वजनिक गर्यो तर अब त्यो समय तालिका अनुसार काम भयो कि भएन भनेर धितोपत्र बोर्ड आफैले आफैलाई प्रश्न सोध्ने बेला आएको छ ।

डा. रेबतबहादुर कार्कीको अध्यक्षमा धितोपत्र बोर्ड, नेप्से र सीडीएसका पदाधिकारीको उपस्थिितिमा साउन ३ गते बसेको बैठकले धितोपत्र बजारका समस्याहरुलाई सम्बोधन गरी बजारलाई थप पारदर्शी, स्वच्छ र बिश्वसनीय बनाउने उदेश्यले योजना कार्यान्वयनमा ल्याएको धितोपत्र बोर्डले बिज्ञप्ति जारी गरेर जनाएको थियो ।

यस्ता थिए समयबद्ध योजनाः

१. सिडिएस एण्ड क्लियरिङ्ग लि. ले क्लियरिङ्ग बैंक थप्ने सम्बन्धमा कार्य अगाडि बढाइसकेकोमा आगामी श्रावण मसान्त अर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई शीघ्र सम्पन्न गर्ने ।

यो काम हुन अर्को साउन मसान्तै कुर्नुपर्ने हो ? क्लियरिङ्ग बैंक थप्ने कार्यलाई शीघ्र सम्पन्न गर्ने भनेको कहिलेसम्म ?

२. लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन -इन्भेष्टर आर्इडी प्रदान गर्न बार्डले आवश्यक प्रविधि तथा प्रक्रिया विकास गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढाइसकिएकोमा यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने ।

भाद्र सकिएर तीन महिना बित्न लाग्दैछ, अन्तिम रुप दिईयो ? लगानीकर्ताले यस्तो परिचय पत्र कहिले पाउँछन् ?

३. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा त्ंद्द मा नै पे–इन गर्न लगाउने, त्ंघ मा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्रिकर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सो को पालना गर्ने गराउने ।

यो लागु भएको छ तर नियमनको पाटो सुस्त भयो कि ?

४. धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधारसहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिए बमोजिम यस सम्बन्धमा पहिलेनै नेपाल स्टक एक्सचेञ्जबाट राय सुझाव माग गरेकोमा नेप्सेले यही श्रावण मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने ।

नेप्सेले यही श्रावण मसान्तसम्ममा राय सुझाव उपलब्ध गरायो त ? काम किन भएन ? 

५. काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकोमा उक्त कार्यदलबाट यथाशिघ्र प्रतिवेदन प्राप्त गरी आवश्यक कार्य अगाडि बढाउने ।

 नेप्सेको कार्यदलले प्रतिबेदन बुझायो कि बुझाएन ?  यथाशीघ्र भनेको अरु कति महिना कुर्नुपर्ने हो ? राजधानी बाहिरका आम सर्वसाधारण लगानीकर्ता कहिलेसम्म प्रताडित भईरहने ? 

६. नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने ।

भाद्र १५ भित्रै बोर्डको स्वीकृतिका लागि पेश भयो ?

. हाल बजारमा दैनिक २ अर्बको कारोबार हुन लागिसकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिम समेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधि तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्र बोर्डमा पेश गर्ने ।

नेप्सेले यस बारेमा सबै कुरा बोर्डमा पेश गर्दा पनि किन सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केट संचालनमा आएन ?

. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त संस्थाको विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएकोमा विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धी कार्य अविलम्ब अगाडि बढाउने ।

अबिलम्ब अगाडि बढाईयो कि बढाईएन ?

धितोपत्र बोर्डबाट निर्देशन भएका कामहरु समयमै सम्पन्न नभएकाले बोर्ड आक्रामक रुपमा प्रस्तुत भएको आँकलन त्यतिबेला गरिएको थियो । यसरी कार्यतालिका नै बनाएर सार्वजनिक गर्दै बोर्ड अगाडि बढेकाले कुन निकायले ढिलो गर्यो भन्ने कुरा सर्वसाधारण लगानीकर्ताको जानकारीमा पुग्ने र छिटो कार्यान्वयन गर्न दबाब सिर्जना हुने आशा आम लगानीकर्ताले गरेका थिए तर परिणाम के आयो ?  

बिगतमा गरिएको सुधार योजनाको ब्याज मात्रै खाएर बस्ने कि बाँकी गहनतम कामहरु तीब्र पारेर नेपालको सेयर बजारलाई आधुनिक बनाउने ? धितोपत्र बोर्डले नै जवाफ देला ।

यस सामाग्रीलाई अन्य मिडियाहरुले प्रयोग नगर्नुहोला । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।