माछापुछ्रे बैंकको ५० प्रतिशत हकप्रद खुल्यो,पुष २४ गतेसम्म आवदेन गर्न पाइने

Dec 04, 2016 merolagani

माछापुछ्रे बैंक (MBL) ले ५० प्रतिशत अर्थात २:१ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको छ ।बैंकको हकप्रदमा पुष २४ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकले अहिले कायम चुक्ता पूँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैंयाको ५० प्रतिशत अर्थात एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको हो । 

बैंकले हकप्रद प्रयोजनका लागि गत कात्तिक १२ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । कात्तिक ११ गतेसम्म कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा  हकप्रद भर्न सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।सेयरधनीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।

आफै आठ अर्ब पुर्याउने योजनामा रहेको माछापुच्छ्रे बैंकले जनता बैंकसँगको मर्जर टुटे पछि हकप्रदको बाटो रोजेको थियो । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई सोही पूँजीको २० दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ ।

५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि बोनस जोड्दा चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।