बहुराष्ट्रिय जीवन बीमा कम्पनी मेटलाइफ नेपाल भित्रिएको १५ वर्ष पूरा,नव कम्पनीहरुलाई सघाउने

Dec 04, 2016 merolagani

विश्वका सबैभन्दा ठूलो अमेरिकी जीवन बीमा कम्पनी मेटलाइफ(MALIC)  नेपाल आएको १५ वर्ष पूरा भएको छ । नेपालमा संचालित एक मात्र बहुराष्ट्रिय जीवन बीमा कम्पनी मेटलाइफको शाखा सन् २००१ डिसेम्बर ५ मा नेपालमा संचालनमा आएको हो।

कम्पनीले जीवन, दुर्घटना, स्वास्थ्य, कर्जा र कर्मचारी सामुहिक लगायतका सेवा दिँदै आएको छ। “हामीले नेपालमा १५ वर्ष पूरा गरेको अवसरमा मेटलाइफलाई आफ्नो अमुल्य जीवनमा सहयोगी बन्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छौ” मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत अलाउद्दिन अहमदले भने ।

सिंगापुरस्थित मेटलाइफको इनोभेसन केन्द्र लुमिन ल्याबले हालै बीमा उद्योगका लागि नविन उपाय भएका नव कम्पनीहरुलाई सघाउने उद्देश्यले तीन–महिने साझेधारी कार्यक्रम ल्याएको छ । यो कार्यक्रममा विश्वभरीबाट आवेदनका लागि खुल्ला गरिएको  जानकारी दिदै  विजेता कम्पनीले एक लाख अमेरिकी डलर अनुदान प्राप्त गर्ने बताएको छ ।

मेटलाइफ नेपालले स्थानीय इन्टरप्रेनरर्स र नयाँ कम्पनीलाई आवेदनको लागि आग्रह गरेको छ ।कम्पनीले सात लाख भन्दा बढी बिमित र दुई लाख बीमालेख धारक रहेको जनाएको छ। कम्पनीका फयुचर केयर डीपीएस् , शिक्षा संरक्षण योजना, लाइफ शिल्ड ,ग्रामिण कर्जा बीमा, कर्मचारी सामुहिक बीमालेख छन्।कम्पनीका २२ वटा शाखा तथा एजेन्सी कार्यालय छन् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।