सेयर निष्काशनका दौरान आस्बा प्रणालीबाट सेवा दिन कुन कुन बैंक भए तयार ?

Dec 05, 2016 Merolagani

नेपाल धितोपत्र बोर्डले आगामी माघ एक गतेदेखि लागू हुने गरी सेयर निष्काशनका दौरान नयाँ प्रणालीको सुरुवात गर्दैछ । लगानीकर्ताको बैंक खातामा सेयर आवेदन वापतको रकम रोक्का गरी बैंकबाट सिधै आवेदन दिने प्रणालीमा आवद्ध हुन धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुसँग आवेदन माग गरेको थियो । यस्तो सेवा दिनका लागि बोर्डमा पहिलो चरणमा दुई वाणिज्य बैंक र चार विकास बैंकहरुको आवेदन परेको छ ।

धितोपत्र बोर्डका अनुसार सनराइज बैंक र सेञ्चुरी कमर्शियल बैंकले आस्बा प्रणालीबाट लगानीकर्तालाई सेवा उपलब्ध गराउन आवेदन दिएका छन् । त्यसै गरी विकास बैंकहरुमा इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, कैलाश विकास बैंक, यति डेभलपमेण्ट बैंक र देव विकास बैंकले आवेदन दिएका छन् । बोर्डले तोकेको मापदण्ड अनुरुप छ बैंकहरु आस्बा प्रणालीबाट लगानीकर्तालाई सेवा दिन इच्छुक रहेको भन्दै बोर्डले आगामी दिनमा अरु बैंक तथा वित्तीय संस्थाहरु पनि प्रणालीमा सहभागि हुने अपेक्षा गरेको छ । पहिलो चरणमा आवेदन परेका बैंक तथा वित्तीय संस्थाहरुको आवश्यक प्रकृया पुरा गरी छिट्टै अनुमति प्रदान गर्ने बोर्डले जनाएको छ ।

के के छन् मापदण्ड ?

साधारण शेयर निष्काशन प्रकृयालाई सहज अनि व्यवस्थित बनाउन आस्बा सुरु गर्न लागेको बोर्डले यसका लागि बैंक तथा वित्तीय संस्थाहरुको मापदण्ड तोकेको हो । बोर्डले परिमार्जित धितोपत्र खरिद सम्बन्धि निर्देशिका २०७३ को व्यवस्था अनुसार परिक्षणका रुपमा प्रयोगमा ल्याउन लागेको आस्बा सेवा दिनका लागि वाणिज्य बैंक तथा विकास बैंकहरु मात्र सक्षम हुने छन् । आस्बामा आवद्ध हुनका लागि प्रतिशेयर चुक्ता पुँजी भन्दा प्रतिशेयर नेटवर्थ बढी भएका वाणिज्य बैंक तथा विकास बैंकले धितोपत्र बोर्डमा आवेदन दिनु पर्ने हुन्छ ।

त्यसै गरी बोर्डले कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रही पछिल्ला दुई वर्ष खुद नाफा कमाएको निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम रहेको र राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हकमा सो फुकुवा भएको तीन वर्ष भएका बैंकहरुले मात्र आस्बा सेवा प्रदान गर्न सक्नेछन् ।

आस्वा सेवाप्रदायक बन्न ती बैंकहरुको काठमाडौं उपत्यकाभित्र कम्तीमा चार वटा शाखा कार्यालय रहेको र साधारण शेयर निष्काशन गरी सुचिकृत भएको हुनु पर्नेछ । त्यस्ता बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा धितोपत्रको दरखास्त संकलन गर्न सक्ने व्यवस्था उल्लेख भएको हुनुपर्नेछ । यस्ता बैंकहरुलाई एक वर्षसम्म निर्देशिका बमोजिम दरखास्त संकलनको काम काम गर्न धितोपत्र बोर्डले स्वीकृति दिनेछ ।

धितोपत्र बोर्डले आस्बा प्रणाली र अहिलेको सामान्य प्रणाली दुवैको समानान्तर प्रयोगबाट आस्बालाई प्रोत्साहित गर्दै लैजाने लक्ष्य लिएको छ । अहिलेको प्रणाली अनुसार दुई महिनासम्म लाग्दै आएको शेयर बाँडफाँड आस्बा प्रणालीबाट २० दिनमा गर्न सकिने बोर्डले जनाएको छ ।

छिमेकी राष्ट्र भारतमा लामो समयसम्म आस्बा परिक्षणका रुपमा लागु भएर केही समय अघि मात्र पुर्णकालिन रुपमा प्रयोगमा आएको हो । धितोपत्र बोर्डले भारतबाट पनि आस्बाको सम्बन्धमा आवश्यक सल्लाह सुझाव तथा अनुभव बटुलेर आस्बा कार्यान्वायनमा ल्याउन लागेको हो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।