सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर प्रस्ताव

Dec 05, 2016 Merolagani

सिद्धार्थ बैंक(SBL)ले गत बर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही दिन अघि बिक्री गरिएको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले नेपाल स्टक एक्सचेन्जको वेभसाईट मार्फत जनाएको छ ।

 

मंसिर १९ गते बसेको २५९ औं संचालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो ।  । कम्पनीले मर्ज गरे वापतको सुबिधाले छुट पाउने हुँदा बोनसको कर प्रयोजनका लागि भने नगद लाभांश प्रस्ताव गरेको छैन ।
विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेकोमा २५ प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुगेको छ ।

गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ४८ लाख ९२ हजार रुपैंया खुद नाफा कमाएको बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैंया १९ पैसा कायम गरेको थियो । त्यसमा बिजिनेशन युनिभर्सलका तर्फबाट स्वापमा बचेको ४६ करोड जोडिएको छैन । चुक्ता पूँजीभन्दा धेरै जगेडा रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड १ लाख ४२ हजार रुपैंया सञ्चित छ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा १०५ प्रतिशतले बढाएर ३५ करोड कमाएको छ भने हकप्रदको हिसाब नगर्दा प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६१ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।