सबैभन्दा पहिले कुन् कुन् कम्पनीले हकप्रद जारी गरिरहेका छन्, त्यो थाहा पाउन अध्ययन गर्नुहोस् ।

के थाहा पाउनु भयो ? तपाईँसँग त्रिवेणी विकास बैंक र हिमालयन बैंकको सेयर पहिलेदेखि नै रहेको छ भने ती दुई बैंकको हकप्रद भर्न दौडिइहाल्नुस् । किनभने समय अब धेरै बाँकी छैन । अरु आठ वटा कम्पनीहरुको पनि हकप्रद भर्ने दिन छोटिँदैछ । भोलि भनेर नबस्नुस्, बिचमा अरु कामको चटारोले हकप्रद नै गुम्न सक्छ । बाँकी दुई वटा फाइनान्स छन्, जसले पुस पहिलो सातादेखि हकप्रद जारी गर्दैछन् । यसका लागि पैसाको जोहो गरेर तयारी अवस्थामा बस्नुहोस् ।
हकप्रद आवेदन गर्न सजिलो तरिका जान्नुहोस्
कतिपय लगानीकर्तालाई आफुसँग भएको शेयर र भर्नुपर्ने हकप्रदको अनुपात थाहा नहुने भएका कारण पनि हकप्रद भर्न समस्या परिरहेको हुन सक्छ । अहिले केही बैंक तथा वित्तीय संस्थाले इन्टरनेटको माध्यमबाट लगानीकर्ताले भर्न पाउने हकप्रदको विबरण हेर्न सक्ने व्यवस्था गरेका छन् ।
मेरोलगानीले खोजेको त्यस्ता सुचनाको स्रोतलाई यहाँ राखिएको छ । जहाँबाट तपाईले आफुले भर्न पाउने हकप्रदको संख्या थाहा पाउन सक्नु हुनेछ । यसका साथै अधिकांस बैंक तथा वित्तीय संस्थाले हकप्रदको आवेदन फारम पनि इन्टरनेटबाट उपलब्ध गराएका छन् । तपाईले उक्त फारम डाउनलोड गरेर प्रिन्ट गरी हकप्रदको विबरण भरेर पनि बुझाउन सक्नु हुनेछ ।
कम्पनीहरुले डाउनलोड गरेको भन्दा सिरियल नम्बर सहित संकलन केन्द्रबाट उपलब्ध गराइएको आवेदन फारमलाई प्राथमिकतामा राखेका छन् । तर आवेदन फारम पाउन नसकेका लगानीकर्ताले आफ्नो हक सुरक्षित गर्नका लागि यहाँ उपलब्ध गराइएको आवेदन फारमबाट पनि हकप्रद भर्न सक्नेछन् । इन्टरनेटबाट डाउनलोड गरिएको हकप्रद फारमबाट आवेदन गर्दा संकलन केन्द्रमा आफ्नो फारममा सिरियल नम्बर उल्लेख गराउन भने नबिर्सनु होला ।
त्रिवेणी विकास बैंक (TBBL) को हकप्रदको विबरण इन्टरनेटमा उपलब्ध छैन । विबरण थाहा पाउन बैंक वा बिक्री प्रबन्धक एस क्यापिटलमा फोन गरी बुझ्न सकिन्छ । आवेदन फारम यहाँबाट लिनुहोस् ।
काष्ठमण्डप डेभलपमेण्ट बैंक (KDBL) को हकप्रदको अवस्था थाहा पाउन यहाँ गई आफ्नो विबरण भर्नुहोस् । आवेदन फारमका लागि यो लिंकमा जानुहोस् ।
हिमालयन बैंक (HBL@) को हकप्रद कति भर्न पाइन्छ, जान्नका लागि यो लिंकमा जानुहोस् । त्यसै गरी आवेदन फारम यहाँबाट डाउनलोड गर्नुहोस् ।
जनता बैंक (JBNL) को हकप्रदको अवस्या यहाँबाट थाहा पाउनु होस् । आवेदन फारम यो लिंकमा उपलब्ध छ ।
सेती फाइनान्स (SETI) को हकप्रद कति भर्ने, अन्यौलता छ भने यो लिंकमा गएर आफुले भर्ने हकप्रद निश्चित गर्नुहोस् । आवेदन फारमका लागि यहाँ जानुहोस् ।
एनएमबी माइक्रोफाइनान्स (NMBMBSL) ले इन्टरनेटमा हकप्रदको विबरण हेर्ने व्यवस्था मिलाएको छैन । आवेदन फारम यहाँबाट लिनुहोस् ।
नागबेली लघुवित्त (NBBL) ले अनलाईनबाट हकप्रदको अवस्था हेर्ने व्यवस्था गरेको छैन । आवेदन फारमका लागि यो लिंकमा जानुहोस् ।
माछापुछ्रे बैंक (MBL) ले पनि अनलाईनबाट हकप्रदको विबरण हेर्ने व्यवस्था गरेको छैन । हकप्रदको आवेदन फारम यहाँबाट डाउनलोड गर्नुहोस् ।
वेष्टर्न डेभलपमेण्ट बैंक (WDBL) ले पनि अनलाईनमा हकप्रदको विबरण हेर्ने व्यवस्था मिलाएको छैन । आवेदन फारम यहाँबाट पाउन सकिन्छ ।
सेवा विकास बैंक (SEWA) को हकप्रद अनलाईनमा हेर्ने व्यवस्था गरिएको छैन । आवेदन फारम यो लिंकमा उपलब्ध छ ।
नमस्ते वित्तीय संस्था (NBSL) र सगरमाथा फाइनान्स (SAFL) को हकप्रद निष्काशन भैसकेको छैन ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................