मेरोलगानी डटकमले गत मंसिर २७ गते सोमबार नेप्सेमा कारोबारमा आएका कम्पनीको प्रति कित्ता मूल्य र उसले गत त्रैमासमा कमाएको प्रति सेयर आम्दानीको आधारमा मूल्य आम्दानी अनुपात निकालेको छ । यसले लगानीकर्ताहरुलाई अध्ययनको आधार मात्र दिन्छ, सेयर किनबेच गर्दा जोखिममुक्त गराउने ग्यारेन्टी गर्दैन ।
पीई रेसियो अति कम भएका कम्पनी

प्रति सेयर आम्दानी धेरै तर मूल्य आम्दानी अनुपात थोरै हुने कम्पनीहरु सुरक्षित कम्पनी हुन् । सामान्यतया मूल्य आम्दानी अनुपात १५ गुणासम्म भएका कम्पनीहरु राम्रा हुन् । सेयर मुल्य धेरै, प्रति सेयर आम्दानी अति कम र मूल्य आम्दानी अनुपात अति बढी हुने कम्पनीमा लगानी गर्नु त्यत्ति नै धेरै जोखिमपूर्ण हुनसक्छ ।
मूल्य आम्दानी अनुपात धेरै गुणा भएका कम्पनीको सेयर किन्दा त्यसले दिने लाभांशले मूल्य ओत्दैन, लगानीकर्ता जोखिममा पर्छन । कम मूल्य आम्दानी अनुपात भएका कम्पनीले भबिष्यमा राम्रो प्रतिफल दिनसक्ने संभावना हुन्छ ।
मूल्य आम्दानी अनुपात थोरै भए पनि केही कम्पनी(*)हरु थारो गाई समान छन् जसले तत्काल ब्याएर दुध दिने संभावना भने छैन, त्यस्ता कम्पनीबाट भने लगानीकर्ताहरु सतर्क हुनुपर्छ ।
पीई रेसियो ३४ गुणासम्मका कम्पनी




मूल्य आम्दानी अनुपात थाहा पाउनु राम्रो कुरा हो तर मूल्य आम्दानी अनुपातलाई मात्रै आधार बनाएर सेयर किन्दा सबै राम्रा हुन्छन् भन्ने पनि ठान्नु हुन्न । पूँजी र जगेडा कोषको आधार, कम्पनीले गरेको प्रगति, बिगतमा बांडेको र अब बाड्ने लाभांश, संस्थागत सुशासनको अबस्थालगायतका आधारभुत पक्ष पनि उत्तिकै बिचारणीय हुन्छन् ।
पीई रेसियो ३५ गुणा भन्दा माथि रहेका कम्पनी

यहाँ प्रस्तुत कम्पनीको प्रतिसेयर आम्दानी चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरणमा आधारित छ भने कतिपय(*)ले गत आर्थिक बर्षको चौथो त्रैमासको बित्तीय बिबरण समेत प्रकाशित नगर्दा त्यसअघिको बित्तीय बिबरणलाई आधार बनाईएको छ भने कारोबारमा आएका केही कम्पनील अहिलेसम्म बित्तीय बिबरण प्रकाशित नगरेका पाईएको छ ।
पीई रेसियो ४१ गुणा माथि रहेका कम्पनी

जीवन बिमा कम्पनीहरु (*)को वास्तविक खुद नाफा कमाई र प्रति सेयर आम्दानी बिमांकीय मूल्यांकनपछि मात्र थाहा पाईने हुँदा यहाँ प्रस्तुत उनीहरुको प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातलाई आधार मान्नु त्यति उचित नहोला ।
पीई रेसियो सबैभन्दा धेरै भएका कम्पनी


सेयर बजारमा धेरै गिरावट आएको अहिलेको अबस्थामाा समेत कतिपय कम्पनीको मूल्य आम्दानी अनुपात डरलाग्दो रहेको देखिन्छ । कतिपय कम्पनीहरु(*)को प्रति सेयर आम्दानी आकर्षक र मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम भए पनि त्यस्ता कम्पनीहरुले गत बर्षको खुद नाफाबाट केही बाड्न नसक्ने अबस्था भएकाले बिचार गरेर मात्र लगानी गर्नुपर्छ । ती मध्ये कतिपय कम्पनीहरु(*)को जगेडा कोष नै घाटामा छ । कम्पनीहरुको अन्य अबस्था बिचार गर्दा मूल्य आम्दानी अनुपात ३० गुणासम्म भएका कम्पनीहरु सेयर खरिदका लागि बढी उपयुक्त हुनसक्छन् ।
गत बर्षको खुद नाफाबाट बोनस घोषणा गरेको र हकप्रद जारी गर्ने क्रम चलिरहेकोले ती सेयर(*)हरु पूँजीकृत हुँदा अहिलेको प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातमा ठूलो अन्तर आउने अबस्था छ ।
त्यसैले कम्पनीहरुको समग्र अबस्था अध्ययन गरी दीर्घकालीन सोच बनाएर मात्र सेयर किनबेच गर्नु उचित हुने देखिन्छ ।
... [हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)] ...
ध्यानाकर्षणः यो सामाग्री अन्य मिडियाहरुले प्रयोग नगर्नु हुन अनुरोध छ ।