प्राइम कमर्शियल बैंकले हकप्रद सेयर लिलामको मिति किन थप्यो ?

Dec 14, 2016 Merolagani

प्राइम कमर्शियल बैंक (PCBL) ले तीन बराबर एक अनुपातमा निष्काशन गरेको हकप्रदमा नबिकेको सेयरको लिलाममा आवेदन गर्ने म्याद थप गरेको छ । धितोपत्र बोर्डको निर्देशन अनुसार सेयर लिलामको म्याद थप गरिएको बैंकले जनाएको छ । बैंकले ५२ हजार ४५ कित्ता संस्थापक तथा ४ लाख ३२ हजार छ सय ९४ कित्ता साधारण सेयर बोलकबोल मार्फत बिक्रीमा राखेको छ ।

बैंकले मंसिर १४ गतेदेखि मंसिर २९ गतेसम्म सेयर लिलाम गरेको थियो । बोर्डको निर्देशन पछि बैंकले सेयरमा बोलकबोलबाट आवेदन गर्ने मिति पुस तीन गतेसम्मलाई सारेको हो । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २३ प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको बैंकले साधारण सभाको मिति तय गरिसकेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।