एनएमबि बैंक र प्रिमियर इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 21, 2016 merolagani

एनएमबि बैंक (NMB)  र प्रिमियर इन्स्योरेन्स (PIC) ले गत बर्षको कमाईबाट प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो ।दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि विहिबार सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछन् । एनएमबिले १९ प्रतिशत तथा प्रिमियरले २० प्रतिशत बोनस प्रस्ताव गरेका छन् । 



एनएमबी बैंकले कर प्रयोजनका लागि अलग्गै रकम ब्यवस्था गरी जम्मा १९ प्रतिशत मात्र बोनस सेयर प्रस्ताव गरेको छ । बैंकले आगामी पुस २४ गते हुने एक्काईसौं साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्देछ । बैंकले गत बर्ष एक अर्ब १५ करोड खुद नाफा कमाएको थियो ।

साथै बैंकले नेदरल्याण्डको एफएमओ बिदेशी साझेदारले २० प्रतिशत सेयर किनेपछि एनएमबी बैंकले सर्वसाधारणको हिस्सा पनि बढाउँन थप नयाँ साधारण सेयर(एफपीओ) जारी गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ ।

सो साधारणसभाले एफपीओ वापत जारी हुने सेयर संख्या, अंकित मूल्यमा प्रिमियम थप गरी कायम हुने सेयर मूल्य निर्धारण गर्नेछ ।

एफएमओलाई २० प्रतिशत हिस्सा कायम हुने गरी झण्डै ९४ लाख कित्ता संस्थापक सेयरमा प्रतिकित्ता १५० रुपैयाँ प्रिमियम थप गरी बेचेपछि झण्डै डेढ अर्ब रुपैयाँ उसको जगेडा कोषमा गएको छ ।

 

 त्यस्तै प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई वितरणको प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो । कम्पनीको पुष १४ गते हुने साधारणसभाका लागि विहिबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द हुदैछ । 

कम्पनीले २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गतआर्थिक बर्षको कमाईबाट उक्त लाभांस प्रस्ताव गरेको हो ।
गतवर्षमा प्रिमियरले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । हाल कम्पनीको ३७ करोड ३७ लाख रुपैयाँ चुक्तापूजीँ रहेको छ ।

साथै कम्पनीले एफपिओ बिक्री तथा निष्काशनको जिम्मा एनएमबि क्यापिटललाई दिएको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६५ लाख ९५ हजार ६५ कित्ता एफपिओ बिक्री गर्ने भएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मा २ करोड ४ लाख खुद नाफा कमाएको छ । यसअवधिमा कम्पनीले वीमा शुल्कबाट ३४ करोड, जगेडाकोषमा १२ करोड, बिमाकोषमा २४ करोड तथा महाविपत्तीकोषमा २ करोड रुपैयाँ राखेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ देखाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।