जनता बैंकको ५० प्रतिशत र एनएमबि माइक्रोको १२० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Dec 26, 2016 merolagani

जनता बैंक (JBNL) ले मंसिर १ गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद सेयर बिक्री मंगलबारदेखि बन्द हुदैछ । उता एक सय बीस प्रतिशत हकप्रद निश्काशन गरेको एनएमबि माइक्रोफाइनान्स (NMBMBSL) को पनि आज नै हकप्रद भर्ने अन्तिम दिन हो । आइतबार सार्वजनिक विदा परेकाले दुवै कम्पनीले थप एक दिन हकप्रद भर्ने म्याद बढाएका हुन् ।

 

जनताले भने यसअधि पनि पाँच दिन समय थप गरेको थियो । जनता बैंकको हकप्रदमा गत कार्तिक १० गतेसम्म सेयर किनेर सेयरधनी भएकाहरुले आवेदन भर्न पाउनेछन । बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयर बिक्री थालेको हो ।

जनताको सेयर बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरीसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

बैंकले अघिल्ला दुई बर्षको खुद नाफाबाट बोनस सेयर बितरण गर्न बाँकी नै रहेको छ । उसले हालै त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेकाले सेयर कारोबार बन्द छ ।

जनताको हकप्रद तथा त्रिवेणीको बोनस बितरण पश्चात दुबै बैंक मर्ज भएर बन्ने बैंकको चुक्ता पूँजी झण्डै पाँच अर्ब पुग्ने जनाइएको छ । 

 

एनएमबी माइक्रोफाइनान्सको १ सय २० प्रतिशत हकप्रद

एनएमबी माइक्रोफाइनान्सको १ सय २० प्रतिशत हकप्रद भर्ने पनि आज नै अन्तिम दिन हो । कम्पनीले गत मंसिर ६ गतेदेखि १ सय २० प्रतिशत हकप्रद शेयरकोृ बिक्री खुला गरेका थियो

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैंया नाघ्नेछ । अहिले लघुवित्तको चुक्ता पूँजी ८ करोड ६३ लाख रुपैंया छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।