लक्ष्मी लघुवित्तको सेयर लिलामीमा आवेदन दिने अन्तिम दिन, सुर्या लाइफको सुरु

Dec 27, 2016 Merolagani

- मितेरीको पुस २६ गतेबाट लिलाम हुँदै
सुर्या लाइफ इन्स्योरेन्सको २० हजार ९ सय ७३ कित्ता साधारण सेयरको लिलामी सुरु भएको छ । इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनका बेला नबिकेको सेयर लिलाम गरेको हो । उता लक्ष्मी लघुवित्तको लिलाममा राखिएको सेयरको आवेदन दिने अन्तिम दिन आज हो । लघुवित्तले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्दा नबिकेको सेयर लिलाममा राखेको थियो ।

गत साउन २० गतेदेखि सूर्या लाइफ इन्स्योरेन्सले चार कित्ता बराबर एक कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा नबिकेर इन्स्योरेन्सले लिलाम गरेको सेयर खरिद गर्नका लागि पुस १८ गतेसम्म कम्पनीको सेयर बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वरमा सम्पर्क गर्नु पर्ने हुन्छ । सेयर लिलामको बोलकबोल पुस १९ गते १ बजे बिक्रि प्रबन्धकको कार्यलयमा खोलिने बताइएको छ । 

यता लक्ष्मी लघुवित्तको १५ हजार ९ सय तिन कित्ता साधारण सेयरको लिलामी मंगलबार बन्द हुँर्दैछ । इच्छुक लगानीकर्ताले कम्पनीको सेयर विक्रि प्रबन्धक एनएमबि क्यापिटल नक्सालबाट साढे २ बजेसम्म गर्न आवेदन सक्नेछन् । कम्पनीले असोज ४ गतेदेखि निष्काशन खुला गरेको शतप्रतिशत हकप्रदमा नबिकेको सेयर लिलामी प्रकृयामा पुस ६ गतेदेखि आवेदन सुरु गरेको थियो । बोलकबोल बुधबार बिहान १० बजे एनएमबि क्यापिटलमा खोलिँदैछ ।


त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता सेयर पुस २६ गतेदेखि लिलाम गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रदमा नबिकेको १७ हजार ४ सय ८९ कित्ता साधारण र ४२ हजार २ सय ५९ कित्ता संस्थापक सेयर लिलाम प्रकृयाबाट बोलकबोलमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले बोलकबोलमा पुस २६ देखि माघ ४ सम्म बैंकको बिक्रि प्रबन्धक प्रभु क्यापिटलमा आवेदन गर्न सक्नेछन् । बोलकबोल माघ ६ गते प्रभु क्यापिटलको कार्यलयमा खोलिनेछ । बैंकले गत आर्थिक बर्षको कमाइबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ ।

लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्युनतम एक सय कित्तादेखि एकसय रुपैंयाँभन्दा बढि अंकित मूल्य राखेर आवेदन दिन सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।