नेप्सेको कारबाहीमा परेपछि जानकी फाइनान्सले बुक क्लोजको मिति सच्यायो, कारोबार पनि खुल्यो

Dec 27, 2016 merolagani

नेपाल स्टक एक्सचेञ्जले जानकी फाइनान्स (JFL) को सेयर कारोबार फुकुवा गरेको छ । साधारणसभा र सेयरधनी दर्ता पुस्तिका बन्द बारेको सुचना नेप्सेलाई समयमै उपलब्ध नगराएका कारण जानकी फाइनान्स नेप्सेको कारबाहीमा परेको थियो ।



फाइनान्सले बुक क्लोजको मिति सच्याएपछि नेप्सेमा कारोबार फुकुवा भएको हो । नेप्सेका अनुसार अब जानकीको पुस १३ देखि २५ गतेसम्म सेयरधनी दर्ता किताब बन्द हुने भएको छ ।

यसअघि फाइनान्सले पुस ५ देखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी नेप्सेलाई दिएको थियो । कम्पनी ऐनअनुसार सेयरधनी किताब बन्द गर्ने सुचना एक साता अगाडि प्रकाशित गर्नुपर्ने नियम भएपनि फाईनाइन्सले सो नियमको अवज्ञा गरेका कारण नेप्सेले कारोबार रोक्का गरेको थियो ।

जानकीले पुस २५ मा हुने बिसौ साधारणसभामा १० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव लैजादै छ । सहयोगी बिकास बैंकसँगको मर्जर भांडिएको भन्दै जानकीले अन्यसँग मर्ज र एक्विजिशनको प्रस्ताव लैजाने बारेमा पनि  संचालक समितिलाई अख्तियारी दिलाउने निर्णय पनि गर्ने भएको छ ।

जनकपुरमा केन्द्रीय कार्यालय रहेको ३१ करोड चुक्ता पूँजी रहेको जानकी फाईनान्सको जगेडा कोषमा २४ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक बर्ष २०७३/७४ को पहिलो त्रैमासमा १ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । कम्पनीले गत आर्थिक बर्ष मा ७ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।

त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको प्रति शेयर आम्दानी ५.६४ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।