नेपाल बैंकले डिप्रोक्स लघुबित्तको साढे छ लाख कित्ता सेयर बिक्री गर्ने

Dec 27, 2016 Merolagani

आफ्नो अबस्था सुदृढ पार्न सम्पति बिक्री र डुबेको कर्जा असुली तीब्र पारेको नेपाल बैंक(NBL)ले डिप्रोक्स बिकास बैंकको साढे छ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक स्वामित्वमा रहेको सेयर मध्ये एक लाख ७५ हजार कित्ता साधारण सेयर हुने बताईएको छ ।

डिप्रोक्स लघुबित्तले हाल शतप्रति हकप्रद जारी गर्न धितोपत्र बोर्डमा आबेदन दिएको अबस्थामा हकप्रद जारी भएपछि नेपाल बैंकले सेयर बिक्री गर्ने छ । बैंकको उच्च स्रोतले दिएको जानकारी अनुसार सो सेयर बिक्री गर्न चाँडै नै  बिक्री प्रबन्धक नियुक्ति गर्न लागिएको छ ।

बजारमा डिप्रोक्सको साधारण सेयरमूल्य दुई हजार एक सय रुपैयाँमाथि रहेको अबस्थामा साधारण र संस्थापक सेयर बिक्रीबाट ८० करोड भन्दा बढी आम्दानी गर्नसक्ने आँकलन गरिएको छ ।

नेपाल बैंकले आफ्नो बित्तीय अबस्था सुदृढ पार्न बिगतमा नागरिक लगानी कोष, नेपाल ईन्स्योरेन्सको सेयर र बिभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गरिसकेको छ । उसँग अझै कयौं कम्पनीको लाखौ कित्ता सेयर र देशका बिभिन्न ठाउँमा सयौं रोेपनी मूल्यवान जग्गा छन् ।

नेपालको जेठो बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।