बिहीबार कुन कुन कम्पनीको भयो सेयर मूल्य समायोजन ?

Dec 29, 2016 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार  चार कम्पनीहरुको सेयर मूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल दिने प्रस्ताव गरेका नेको इन्स्योरेन्स, साना किसान विकास बैंक, ज्योती विकास बैंक र कैलाश विकास बैंकको सेयर मूल्य समायोजन भएको हो । नेको इन्स्योरेन्स र कैलाश विकास बैंकको हकप्रदको पनि एकै पटक सेयर मूल्य समायोजन भएको छ ।

नेको इन्स्योरेन्सको २० प्रतिशत बोनस तथा सतप्रतिसत हकप्रदका लागि भएको समायोजना अनुसार बिहीबार प्रतिकित्ता सेयरमूल्य ७७९ रुपैंया निर्धारण गरिएको छ । इन्स्योरेन्सको प्रतिकित्ता सेयरको आधार मूल्य ९५७ रुपैंया रहेको छ । त्यसै गरी साना किसान विकास बैंकको २५ प्रतिशत बोनस पछि प्रतिकित्ता सेयर मूल्य ९६८ रुपैंयामा समायोजन गरिएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य १,०५२ रुपैंया रहेको छ ।

उता ज्योती विकास बैंकको ११.७ प्रतिशत बोनस पछि प्रतिकित्ता सेयरमूल्य २९६ रुपैंया निर्धारण हुँदा आधार मूल्य २१६ रुपैंया तोकिएको छ ।

कैलाश विकास बैंकको २५ प्रतिशत बोनस तथा २० प्रतिशत हकप्रदका लागि प्रतिकित्ता सेयरमूल्य ३५२ रुपैंया निर्धारण भएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य ३४२ रुपैंया रहेको छ ।

नेको इन्स्योरेन्सको एक्काइसौं वार्षिक साधारण सभा पुस २८ गते हुँदैछ भने हकप्रद निष्काशनको मिति तय भैसकेको छैन । पुस १३ गते बुधबारसम्ममा इन्स्योरेन्सको सेयर खरिद गरेका लगानीकर्ताले प्रस्तावित बोनस पाउनुका साथै हकप्रदमा आवेदन गर्न पाउने छन् । त्यसै गरी साना किसान विकास बैंकले पनि पुस २८ गते नै साधारण सभा बोलाएको छ । बैंकले प्रस्ताव गरेको बोनस पुस १३ गते बुधबारसम्ममा खरिद गर्ने लगानीकर्ताले मात्र पाउने छन् ।

ज्योती विकास बैंकले प्रस्ताव गरेको ११.७ प्रतिशत बोनस पनि बुधबारसम्म सेयर खरिद गर्नेले मात्र पाउने छन् । ज्योतीले पनि पुस २८ गते साधारण सभा बोलाएको छ । उता कैलाश विकास बैंकको २५ प्रतिशत बोनस तथा २० प्रतिशत हकप्रद पनि बुधबारसम्ममा सेयर किन्नेले मात्र पाउने छन् । बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।