प्रिमियर ईन्स्योरेन्सको साढे छ लाख कित्ता एफपीओ पाइपलाइनमा

Dec 29, 2016 merolagani

प्रिमियर ईन्स्योरेन्स(PIC) ले आफ्ना सेयरधनीलाई २१.०५ लाभांस दिने भएको छ । कम्पनीको २३ औ साधारणसभाले २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साथै कम्पनीले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपिओ जारी गर्ने भएको छ ।



कम्पनीले गतआर्थिक बर्षको कमाईबाट उक्त लाभांस प्रस्ताव गरेको हो ।गतवर्षमा प्रिमियरले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक बर्षमा कम्पनीले एक अर्ब ४१ लाख बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले गतआर्थिक बर्षको मुनाफाबाट बीमा कोषमा ९ करोड २३ लाख ५० हजार ३ सय सारी बाँकी रकम तथा गत आर्थिक वर्षसम्मको वितरण नभएको जगेडा समावेश गरी हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले ७ करोड ४७ लाख ५० हजार ६ सय ८० बराबरको बोनस वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको ३७ करोड ३७ लाख रुपैयाँ चुक्तापूजीँ रहेको छ । बोनसपछि कम्पनीको चुक्तापूजीँ ४४ करोड ८५ लाख रुपैयाँ नाघ्नेछ ।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६ लाख ५९ हजार पाँच सय ६५  कित्ता एफपिओ बिक्री गर्न लागेको हो । एफपिओको मूल्य भने निर्धारण हुन बाँकी छ । एफपीओ जारी गर्न एनएमबि क्यापिट बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मा २ करोड ४ लाख खुद नाफा कमाएको छ । यसअवधिमा कम्पनीले वीमा शुल्कबाट ३४ करोड, जगेडाकोषमा १२ करोड, बिमाकोषमा २४ करोड तथा महाविपत्तीकोषमा २ करोड रुपैयाँ राखेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ देखाएको छ ।

यस अघिको समाचारमा एफपीओमा आउने सेयर संख्या अन्यथा पर्न गएकोमा सच्चाईएको छ । -सम्पादक

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।