कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद खुल्यो,माघ २३ गतेसम्म आवेदन दिन सकिने

Jan 02, 2017 merolagani

कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । मंसिर २९ गतेसम्म कायम  बैंकका सेयरधनीले हकप्रद सेयरमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । हकप्रद प्रयोजनका लागि बैंकले गत मंसिर ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो ।

बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय र ग्लोबल आइएमई बैंकका विभिन्न सात शाखाबाट आवेदन दिन सक्नेछन् ।

 

हाल १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । ५० प्रतिशत हकप्रद र गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ३४ करोड ६५ लाख पुग्नेछ ।

साथै बैंकले बोनस र हकप्रदपछि कायम हुने ३४ करोड ६५ लाख चुक्ता पूँजीको फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पुस ९ गतेको साधारणसभाबाट पारित गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।