जलविद्युत लगानी तथा विकास कम्पनीले पुस २९ मा बोलायो साधारणसभा

Jan 02, 2017 merolagani

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले यही पुस २९ गते आफ्नो पाँचौ साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव साधारणसभामा लग्दैछ ।


कम्पनीले साधारणसभा प्रयोजनका लागि आईतबारदेखि विहिबारसम्म सेयरधनी पुस्तिका बन्द गरेको छ । कम्पनीको साधारणसभामा पुस १४ गतेसम्म कायम सेयरधनीले प्रतिनिधित्व गर्न पाउनेछन् ।

जलविद्युत लगानी कम्पनीको तीन लाख चार हजार जना शेयरधनी र सेयर पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा १० करोड ४७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कुल सम्पति ११ अर्ब १५ करोड रहेको जलविद्युत कम्पनीले त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी चार रूपैयाँ १९ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ११ रूपैयाँ ५८ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।