गुहेश्वरी मर्चेन्टको २८ हजार कित्ता साधारण सेयरको लिलामी खुल्यो

Jan 04, 2017 merolagani

 गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ लिमिटेड (GMFIL) ले असोज २१ गतेदेखि निष्काशन गरेको पचास प्रतिशत हकप्रदमा नबिकेको २८ हजार दुई सय ८९ कित्ता सेयरको लिलामी बुधबारबाट खोलेको छ ।

 

इच्छुक लगानीकर्ताले  विक्रि प्रबन्धक एन आई बी एल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाटमा पुस २५ गतेसम्म आवेदन गर्न सक्नेछन् । बोलकबोल आवेदन गर्दा न्युनतम १०० कित्ता सेयरदेखि दश कित्ताको गुणांकमा आवेदन गर्नु पर्नेछ । एक सय रुपैंयाँभन्दा धेरै मूल्य राखि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

बोलकबोल पुस २६ गते ३ बजे खोलिने सेयर बिक्रि प्रबन्धकले जनाएको छ । लगानीकर्ताले बिक्रि प्रवन्धकको कुमारी बैंक पुतलीसडकमा रहेको खाता नं (के ६१४४९२ सि एल) मा बोलकबोल रकम जम्मा गरी आवेदन गर्नुपर्नेछ ।

 कम्पनीले यहि शुक्रबार आफ्नो १५ औं बार्षिक साधारणसभाद्धारा १२ प्रतिशत बोनस सेयरको अनुमोदन गर्देछ । फाईनाइन्सको सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्जमा २३० रुपैंयामा कारोबार भएको थियो ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात आश्विन मसान्तसम्म दुई अर्ब १७ करोड निक्षेप संकलन गरेर एक अर्ब ७९ करोड कर्जा प्रवाह गरी दुई करोड २३ लाख सञ्चालन मुनाफा गरेको थियो । १२ प्रतिशत बोनस शेयर जारी पश्चात ४९ करोड ३९ लाख रुपैंयाँ चुक्ता पूजीँ पुग्नेछ भने जगेडा कोषमा बचत ८ करोड ९० लाख रुपैंयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।