बिओकेएलले थप ६२ लाख कित्ता नयाँ संस्थापक सेयर निष्काशन गर्ने

Jan 04, 2017 merolagani

बैंक अफ काठमाण्डू लुम्बिनी (BOKL) ले थप नयाँ सेयर निष्काशन अर्थात एफपिओ गर्ने भएको छ । बैंकले  ६२ लाख आठ हजार एक सय ३२ कित्ता थप संस्थापक सेयर निष्काशन गर्न लागेको हो । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामीत्व अनुपात ५१ : ४९ कायम गराउन थप नयाँ सेयर जारी गर्ने भएको हो ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज हुँदा राष्ट्र बैंकले संस्थापक सेयर र साधारण सेयर अनुपात ५१ र ४९ प्रतिशत कायम गर्न बैंकलाई निर्देशन दिएको थियो । हाल यो बैंकमा संस्थापकहरुको हिस्सा ४६ प्रतिशत छ ।राष्ट्र बैंकको प्रावधान अनुसार संस्थापक सेयर कम्तिमा ५१ प्रतिशत हुनुपर्छ ।

बैंकको संचालक समितिले राखेको यो प्रस्ताव आगामी साधारण सभामा लगिनेछ ।साधारणसभाको स्वीकृति, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामकको स्वीकृति पश्चात मात्र सेयर बिक्री खुला गरिनेछ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ छ । बैंकले प्रस्ताव गरेको २३ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । नयाँ सेयर निष्काशन पछि थपिने सेयर पुँजी, त्यसबाट आउने प्रिमियम र चालु आर्थिक वर्षको नाफाबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने योजना बैंकले अघि सारेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड नौ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंक अफ काठमान्डू लुम्बिनीको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १९१ रूपैयाँ ९० पैसा छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।