सांग्रिलाले कसमसपछि फेरि किन्यो अर्को बिकास बैंक

Jan 05, 2017 Merolagani

राष्ट्रिय स्तरको विकास बैंककै रुपमा रहिरहन सांग्रिला(SADBL)ले कसमस डेभलपमेण्टलाई एक्वायर गरे लगत्तै नेपाल कम्युनिटी डेभ्लपमेन्ट बैंकलाई पनि किन्ने सम्झोता गरेको छ । सांग्रिलाले बुटवलमा मुख्य कार्यालय रहेको कम्युनिटी (NCDB)र गोरखा जिल्ला कार्य क्षेत्र भएको कसमस(CSDBL)लाई आफुमा मिलाउन लागेको हो ।

सांग्रिलासँगको सम्झौतापछि बुधबारदेखि कसमसको र बिहीबारदेखि नेपाल कम्युनिटीको सेयर कारोबार रोकिएको छ ।

हाल साङ्ग्रिलाको चुक्ता पूँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफाबाट १६ दशमलव शुन्य ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस समेत गर्दा बैंकको पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुग्ने छ ।

तीन जिल्ले कार्य क्षेत्र भएको कम्युनिटीको चुक्ता पूँजी २० करोड ९५ लाख रुपैयाँ रहेको छ ।

९ करोड ९९ लाख रुपैयाँ चुक्तापूँजी भएको कसमसले गत आर्थिक बर्षको बोनस वितरण गर्न बाँकी नै रहेको छ ।

दुबै बिकास बैंकलाई एक्वायर गरेपछि साङ्ग्रिला डेभलपमेण्ट बैंकको पूँजी एक अर्ब ५३ करोड रुपैयाँ नाघ्ने छ । यद्यपी दुई बैंकको सेयर स्वाप रेसियो कति हो भन्ने कुरा खुलाईएको छैन ।

राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड पुँजी थप मर्जर, एक्विजिन र हकप्रद तथा बोनसको माध्यमबाट पूर्याउने योजना रहेको बैंकका अधिकारीहरुले बताएका छन् ।
आफै चुक्ता पूँजी पुर्याउन नसक्ने र कमजोर अबस्थाका बिकास बैंक तथा फाईनान्सहरुले चालु आर्थिक बर्षको मद्यावधि समीक्षा गरी अरु संस्थासँग गाभिने क्रम तीब्र पारेको देखिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।