अरनिको डेभलपमेन्ट बैंकले झण्डै ९५ हजार कित्ता सेयर बोलकबोलमा बेच्ने

Jan 09, 2017 merolagani

 अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार सात सय ५९ कित्ता संस्थापक सेयर माघ १० गतेदेखि सर्बसाधरणहरुलाई बोलकबोलबाट बेच्ने भएको छ ।

 

बैंकले कातिक ८ गतेदेखि ३६ प्रतिशत हकप्रद जारी गरेको थियो । बैंकले जारी गरेको हकप्रदमा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो । बोलकबोल आवेदन सिद्धार्थ क्यापिटल अनामनगर र अरनिको डेभलपमेन्ट बैंक धुलिखेलबाट माघ २४ गते सम्म कार्यालय समयभित्र बुझाउन सक्नेछन् ।

बोलकबोल माघ २५ गते तीन बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिने छ ।बोलकबोल गर्न ईच्छुक लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल गर्नेले एक सय रुपैंयाँ भन्दा धरै मुल्य अंकित गरेर आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर अन्तिम पटक असोज ३० गते नेप्सेमा तीन सय ७० रुपैंयाँमा कारोबार भएको थियो । बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस दिएको छ ।

सेञ्चुरी कर्मसियल बैंकसँग एक्वीजीसनमा गएको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अवधिमा ८१ लाख ७२ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२.६८ रुपैंयाँ कायम गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।