टुरिजम बैंकले थाल्यो एकिकृत कारोबार

Jan 09, 2017 merolagani

टुरिजम् डेभलपमेन्ट बैंकले दोलखाको कालिञ्चोक विकास बैंक र सिन्धुलीको मातृभूमि विकास बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेको छ । दुबै संस्था गाभेर टुरिजम् बैंकले आईतबारदेखि एकिकृत कारोबार थालेको हो । 

कालिञ्चोक तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो भनेृ मातृभूमि एक जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । टुरिजम बैंक भने राष्ट्रिय स्तरको विकास बैंक हो ।

एकिकृत कारोबारको उद्घाटन गर्दै बैंकका अध्यक्ष पुष्पराज कँडेलले आगामी दिनमा बैंकले थप सरल बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरे । 

सबै संस्था एक भएर बन्ने टुरिजम डेभलपमेण्ट बैंकको चुक्ता पुँजी ९१ करोड ९७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै एकिकृत बैंकमा अब निक्षेप १० अर्ब ५० करोड रुपैंयाँ र कर्जा लगानी नौं अर्ब २० करोड रुपैंया पुगेको छ । बैंकले झण्डै एक लाख ग्राहकलाई २२ वटा शाखा सञ्जाल,एक एक्सटेन्सन काउन्टर र १२ एटिएम टर्मिनल मार्फत सेवा दिने भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।