प्राईम कमर्शियल बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 11, 2017 merolagani

प्राईम कमर्शिल बैंक (PCBL) ले प्रस्ताव गरेको २३ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले आगामी माघ १२ गते हुने बार्षिक साधारणसभा प्रयोजनका लागि पुष २८ गतेदेखि माघ १२ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । साधारणसभाबाट बैंकले लाभांस प्रस्ताव अनुमोदन गराउदैछ ।



बैंकले प्रस्ताव गरेको लाभांस पाउन बुधबारसम्ममा सेयर खरिद गरिसकेको हुनुपर्नेछ । बैंकले केही समयअघि जारी गरिएको ३३ प्रतिशत हकप्रद सेयरले समेत पाउने गरि लभांस प्रस्ताव गरेको हो । पुरानो चुक्ता पूँजीको २३ प्रतिशतले हुने रकम बराबरको बोनस बितरण प्रस्ताव गरेको बैंकले तीन बराबर एकको अनुपातमा हकप्रद निष्काशन गरिसकेको छ । उक्त हकप्रदले समेत बोनस पाउने भएकाले बोनसको मात्रा १७ दशमलव २५ प्रतिशतको हाराहारीमा हुन आउँछ ।

बैंक संचालक समितिले प्रस्ताव गरेको यो बोनस यसअघि जारी गरिएको हकप्रदले समेत पाउने भएपछि अनुपात घट्ने छ । बैंकले गत बर्षको मुनाफाबाट ८५ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर बाड्ने प्रस्ताव गरेको छ ।
साथै बैंकले कर प्रयोजनका लागि १.२१ प्रतिशत नगद लाभाश समेत दिने घोषणा गरेको छ ।

बैकले गत आर्थिक बर्षमा एक अर्व १२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएर प्रति सेयर आम्दानी ३० रुपैयाँ ४५ पैसा कायम गरेको थियो ।

चुक्ता पूँजी हाल तीन अर्ब ७० करोड रहेको बैंकले केही समय अगाडि तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रद पश्चात बैंकको चुक्तापूँजी चार अर्ब ९४ करोड पुगेको छ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ ।

८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुासार बैंकले बिराटनगरको बिराटलक्ष्मी र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।