लक्ष्मी बैंकले प्रस्ताव गर्यो ३८ प्रतिशत बोनस,एक्वायर र हकप्रद समायोजन पछि बोनस अनुपात घट्ने

Jan 12, 2017 merolagani

लक्ष्मी बैंक (LBL) ले गत आर्थिक बर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बैंकको पुष २७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीमा उक्त परिमाणको बोनस सेयर प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियमा रहेको बैंकले त्यसपश्चात जारी गर्ने शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८.२९ प्रतिशत हुने स्पष्ट पारेको छ ।

बैंकले यसअघिनै प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरिसकेको छ । एक्वायर पश्चात कायम पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि विशेष साधारणसभाबाट अनुमोदन गराईसकेको छ ।

विशेष साधारणसभाले प्रोफेशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति शेयर मूल्यको ५० प्रतिशत रहने मूल्यांकन पारित गरेको थियो । जस अनुसार प्रोफेशनल दियालो विकास बैंकका सय कित्ता सेयर हुनेले लक्ष्मी बैंकको पचास कित्ता सेयर पाउनेछन् ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायएर र त्यस पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पूँजी ६ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा पुग्ने बताइएको छ ।

एक्वायर र शतप्रतिशत हकप्रदपछि कायम पूँजीमा १८.२९ प्रतिशत बोनस जोड्दा बैंकको पूँजी ७ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।