बीमा कम्पनीहरुको चुक्तापूँजी बढाउन अध्ययन गरेर निर्णयमा पुग्नेछु : – चिरन्जिवि चापागाई,अध्यक्ष, बीमा समिति

Jan 12, 2017 merolagani

बीमा समितिका नबनियुक्त अध्यक्ष चिरन्जिवि चापागाईले बुधबारदेखि कार्यभार सम्हाल्नु भएको छ । चापागाईले कार्यभार सम्हाले लगत्तै आफ्नो प्राथमिकता बारे मेरोलगानी डट कम सँग संक्षिप्त कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीका अंशहरु

बीमा क्षेत्रमा कम्पनीहरुको संस्थागत सुशासन बढाउन के गर्नुहुन्छ ?

संस्थागत सुशासन बढाउन हरेकले आफ्नो उत्तरदायित्व पुरा गर्नुपर्छ । कतिपय संस्थाहरुको समयमा लेखापरिक्षण नहुने, सुशासनको मार्गनिर्देशनहरु कार्यान्वयन नहुने गुनासोहरु छन् । बीमा समितिले जारी गरेका नीति, निर्देशन अनुसारको काम कारवाही भएको छ कि छैन, कार्यान्वयन पक्ष कस्तो छ, सबै कुरा हेरेर निर्णय गर्ने र निर्देशन दिने काम हुन्छ ।


बीमा कम्पनीको चुक्ता पूजीँ बढाउने सम्बन्धमा तपाईको धारणा के हो ?

चुक्ता पूजीँ बढाउने कार्यको सम्बन्धमा मैले कुनै मस्यौदा भेटाएको छैन । चुक्ता पूजीँ बढाउने, घटाउने सम्बन्धमा अर्थतन्त्रले निर्धारण गर्ने कुरा हो । अर्थतन्त्रले मागेको खण्डमा पूँजीबृद्धिको निर्णय कार्यान्वयन गरिन्छ । त्यसका लागि केही समय अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ, त्यसपछि निर्णयमा पुगिन्छ । हामीसँग तथ्यांक छन् त्यसको तुलनात्मक अध्ययन गर्नुपर्ने हुन्छ । अध्ययन गरेर मात्र अगाडि बढिनेछ । आज पनि बजारमा व्याजदर बढिरहेको छ, यस्तो अवस्थामा पूजीँ बढाउँदा के हुन्छ, त्यसको अध्ययन गरेरमात्र अगाडि बढ्छौ । त्यसका लागि हामी अर्थतन्त्रलाई अध्ययनको आधार बनाउँछौं ।


बीमा ऐन लामो समयदेखि अर्थ मन्त्रालयमा रोकिएको छ, यो पास गराउन तपाईको भुमिका के हुन्छ ?

ऐन नियमहरु समयअनुसार सुधार गर्दे जानु त सबैको दायित्व भित्रै नै पर्दछ । बीमा ऐनको मस्यौदा गरेको सात आठ बर्ष भैसकेको अवस्था छ । कानुनी पक्ष कमजोर छ भन्नेमा म विस्वस्त छु ।  कानुनी पक्ष बलियो बनाउने पक्षमा मैले प्रयास गर्नेछु । बीमा समितिमा छलफल गरेर अगाडि बढ्छौ । ऐन ल्याउनुपर्छ भन्ने कुरामा कुनै द्धिविधा छैन । हामी हाम्रो पक्षबाट गर्ने कामलाई जतिसक्दो छिटो गर्नेछौं ।


समग्र बीमा कम्पनीहरुले गर्ने बीमा भुक्तानीप्रति आम मानीसमा विश्वास एकदमै थोरै रहेको अवस्थामा विश्वास बढाउन तपाईको भुमिका के रहन्छ ?

बीमक साथीहरु र बीमा कम्पनीहरुका कार्यकारी प्रमुखहरुलाई बीमा व्यवसायप्रति जनताको विश्वसनियता अभिवृद्धि गर्ने काम गर्न अनुरोध गरेको छु । त्यो काम गरेमा ठिक छ ,यदि नगरेको खण्डमा विमा समितिबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा निर्देशन गर्नेछौ र त्यसको आधारमा नगरेमा हामी कारबाही गर्न पनि पछाडि पर्देनौं । यसरी राम्रो गरेमा प्रोत्साहन र नराम्रो गरेमा दण्ड नगरिएमा बीमा क्षेत्रलाई अगाडि बढाउन सकिन्न । अबका दिनमा अझै विश्वसनियता अभिवृद्धि गर्ने पर्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।