सिद्धार्थ बैंकले फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने

Jan 12, 2017 merolagani

सिद्धार्थ बैंकले सेयरधनीहरुलाई फेरी ३० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २७ गते बसेको बैठकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साथै बैंकले गत आर्थिक बर्षको नाफाबाट प्रदान गर्ने ३९ प्रतिशत बोनस र साधारणसभा प्रयोजनका लागि  माघ २० गतदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकले गत कात्तिक ११ गतेदेखि मंसिर १५ गतेसम्म ७५ करोड ५५ लाख रुपैयाँको २५ प्रतिशत हकप्रद यसअघि नै निष्काशन गरिसकेको छ । गत बर्षको खुद नाफाबाट ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरेपनी २५ प्रतिशत हकप्रदलाई समेत बोनस दिदाँ ३९ प्रतिशत कायम भएको हो ।  

यसअनुसार बैंकको बोनस प्राप्त गर्न माघ १९ गतेसम्म सेयर किन्नुपर्ने हुन्छ । बैंकले साधारणसभाको मिति फागुन पाँच गते तोकेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार बैंकको चुक्ता पूँजी तीन अर्ब ३७ करोड ५१ लाख १९ हजार रहेको छ । बैंकले यसअघि निष्काशन गरेको २५ प्रतिशत हकप्रदको ७५ करोड ५५ लाख थपिदाँ चुक्ता पूँजी चार अर्ब १२ करोड ५६ लाख पुगेको छ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट प्रदान गर्ने ३९ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी पाँच अर्ब ७३ करोड ४६ लाख पुग्नेछ ।

आगामी फागुन पाँच गतेको साधारणसभाबाट अनुमोदन भई निष्काशन हुने ३० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ४५ करोड ५० लाख पुग्नेछ ।

आठ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको बोनसदिदा नै प्रयाप्त हुने देखिन्छ । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा  ३५ करोड कमाएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।