स्ट्यान्डर्ड चार्टर्डले एफपिओ निष्कासनको प्रक्रिया अगाडि बढायो,बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

Jan 15, 2017 merolagani

राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउने योजना अनुसार स्ट्यान्डर्ड चार्टड बैंक (SCB) ले एफपिओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइतबार स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनएमबि क्यापिटल लिमिटेडबीच सेयर निष्कासन सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भनस र क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ सेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

बैंकले एक सय रुपैंयाको फ्रेस भ्यालुमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा थप नयाँ साधारण सेयर अर्थात एफपिओ निष्काशन गर्नेछ । बैंकले कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ उल्लेखित मूल्यमा निष्काशन गर्ने भएको हो ।

उक्त मूल्य तथा सेयर संख्याका आधारमा बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ । जस मध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैंया थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पुर्याएको छ । नयाँ सेयर निष्काशन पश्चात उसको चुक्ता पूँजी चार अर्ब मात्र पुग्नेछ भने जगेडा कोषमा सञ्चित हुने प्रिमियमबाट चालु आर्थिक वर्षमा बोनस बितरणबाट उसले पूँजी आठ अर्ब पुर्याउनु पर्ने हुन्छ ।

अहिले बैंकको जगेडा कोषमा पाँच अर्ब ११ करोड पाँच लाख रूपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ४९ रूपैयाँ ७० पैसा बनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।