प्रभु बैंकले कसरी मार्यो यस्तो छलाड. ?

Jan 17, 2017 merolagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा प्रभु बैंक (PRVU) ले एक अर्ब बढी नाफा कमाएर गजबको प्रगति गरेको छ । वाणिज्य बैंकहरुमध्येमा दोस्रो त्रैमासको प्रगति विवरण सबैभन्दा पहिला सार्वजनिक गरेको बैंकले उल्लेखिय मात्रामा खराब कर्जा घटाउन सफल देखिएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म २८ करोड रुपैयाँ मात्र खुद नाफा गरेको बैंकले दोस्रो त्रैमाससम्ममा एक अर्ब एघार करोड खुद नाफा कमाएको छ । गतबर्षको यसै अवधिमा बैंकले ४० करोड मात्रै नाफा कमाएको थियो ।

खराब कर्जा असुली गरी जोखिम कोषमा राखेको रकम फिर्ता ल्याउनुका साथै संचालन मुनाफा पनि ह्वात्तै बढाएपछि नाफा उच्च भएको हो ।

खराब कर्जाले डुबेको ग्राण्ड बैंकलाई आफुमा गाभ्दा केही मात्रामा निस्क्रिय कर्जा बढेर ७.५४ पुगेकोमा अहिले दोस्रो त्रैमासमा त्यो घटेर साढे ४.८८ प्रतिशतमा झरेको छ । प्रभुले ग्राण्डले परिचालन गरेका कर्जाहरुको धितो लिलामी गर्नुका साथै अन्य कर्जा असुलीमा पनि कडाई गरेर आसा लाग्दो प्रगति देखाएको हो ।

बैंकले डुबेकोमध्ये एक अर्ब १३ करोड रुपैयाँ खराब कर्जा उठाएको छ भने खुद ब्याज आम्दानी बाटै एक अर्ब ४४ करोड रुपैयाँ कमाएको छ। बैंकले साढे १८ करोड सम्भावित जोखिममा राखेको छ।

यसअवधिमा बैंकले ७० अर्ब निक्षेप संकलन गरेर ५६ अर्ब कर्जा परिचालन गरेको छ । बैंकले जगेडाकोषमा १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ राखेको छ । हाल पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

बैंकको पूँजी कोष अनुपात ११.१० प्रतिशत छ। बैंकले यसअवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ कायम गरको छ । बैंकको प्रति सेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।