एनआईसी एशिया बैंकको प्रगति हेरेर के अनुमान लगाउने ?

Jan 18, 2017 Merolagani

गत बर्ष नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको चुक्ता पूँजी चार गुणाले बढाउने नीति सार्वजनिक गरेपछि धेरैले अनुमान लगाएका थिए कि अब बैंकहरु सेतो हात्ती हुन्छन्, लगानीकर्तालाई सन्तुष्ट पार्ने गरी कमाउँन सक्नेछैनन । त्यो अनुमान गलत सावित हुने संकेत एनआईसी एशिया बैंक(NICA)को चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदनले पनि गरेको छ ।

एनआईसी एशिया बैंकले गत बर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा खुद नाफा ४४ प्रतिशतले बढाएर फेरि लगानीकर्ताको ध्यान तानेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ५० करोड खुद नाफा गरेको बैंकले यस बर्षको सोही अवधिसम्ममा ७२ करोड नघाएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २६ करोड मात्र कमाएको बैंकले दोस्रो त्रैमाससम्म आईपुग्दा ४६ करोड खुद नाफा बढाएको छ ।

उसको ब्याज आम्दानी ३६ र संचालन नाफा २४ प्रतिशतले बढेको छ । उसले अभुतपूर्व रुपमा खुद नाफा बढाउनसक्नुको मुख्य कारण चाँही खराब कर्जा असुलेर ३२ करोड रुपैयाँ जोखिम कोषबाट फिर्ता ल्याउन सक्नु हो । निस्क्रिय कर्जा अनुपात गत बर्षको भन्दा आधा कम भएको छ । यसका साथै अन्य संचालन आम्दानी शत प्रतशत बढ्नु पनि उसको खुद नाफालाई आधार दिने पक्ष हो ।

निक्षेप संकलन भन्दा कर्जा परिचालनमा प्रगति गरेको बैंकको आगामी त्रैमास अझै राम्रो हुने संभावना छ । एनआईसीले कोषको लागत ४.४९ प्रतिशत, निक्षेप कर्जा अनुपात ७८.४० प्रतिशत र ब्याज दर स्प्रेड ३.३२ कायम गरेको छ ।

चुक्ता पूँजी पाँच अर्ब ८१ करोड रहेको बैंकले प्रति सेयर आम्दानी २४ रुपैयाँ ८० पैसा कायम गरेको छ । जगेडा कोष पनि राम्रो बनाउँदै लगेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।