यसरी गर्यो गोर्खाज फाइनान्सले वित्तीय अवस्थामा व्यापक सुधार

Jan 18, 2017 Merolagani

डुबेको गोर्खा विकास बैंकलाई काठमाण्डौं फाइनान्समा गाभेर बनिएको नयाँ संस्था गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा आफ्नो वित्तीय अवस्थामा व्यापक सुधार गरेको छ । असोज मसान्तसम्ममा खराब कर्जाको भारीले थिचिएको फाइनान्सले पुस मसान्तमा उक्त भारी बिसाउँदै समग्र सुचकहरु सुधार गरेको वित्तीय विबरण प्रकाशित गरेको छ ।

समस्याका कारण काठमाण्डौं फाइनान्सको शरणमा पुगेर एक स्तर तल झरेर फाइनान्स बने पछि गोर्खाजको दिन फिरेको हो । दुई संस्था मिले पछि ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी बनेको गोर्खाज फाइनान्सले व्यवशाय बिस्तारसँगै सञ्चालन मुनाफा लगायत शिर्षकमा गरेको उल्लेख्य सुधारसँगै खराब कर्जा असुलीमा मारेको फड्कोले आश जगाएको हो । यस क्रममा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ७० लाख २३ हजार रुपैंया खुद नाफा कमाएको छ । गत असोज मसान्तमा फाइनान्सले ६ करोड ३५ लाख ७० हजार रुपैंया खुद नाफा कमाएको थियो ।

तत्कालिन गोर्खा विकास बैंकतर्फको खराब कर्जालाई क्रमिक रुपमा घटाउँदै फाइनान्सले कमाई फराकिलो अंकले बिस्तार गरेको हो । यस क्रममा उसले पुस मसान्तमा २३ करोड २७ लाख ४८ हजार रुपैंया राइट व्याक गरी निष्कृय कर्जा अनुपात दुई दशमलव ११ प्रतिशतमा झारेको छ । पहिलो त्रैमासमा फाइनान्सले ८ करोड ३४ लाख ८३ हजार रुपैंया राइट व्याक गरी निष्कृय कर्जा अनुपात १० दशमलव ५६ प्रतिशतमा झारेको थियो । गत असार मसान्तमा फाइनान्सको खराब कर्जा अनुपात १२ दशमलव ९६ प्रतिशत थियो ।

फाइनान्सको वित्तीय विबरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 

यस अघि फाइनान्सका कम्पनी सचिव मुकुन्द श्रेष्ठले पुस मसान्तसम्ममा निष्कृय कर्जा अनुपात ज्यादै न्युन बनाएर लामो समयदेखि बन्द रहेको सेयर कारोबार खुलाउने बताएका थिए । श्रेष्ठले भने जस्तै गरी फाइनान्सले दोस्रो त्रैमासमा तरक्की गर्दै प्रतिसेयर नेटवर्थ एक सय ५० रुपैंया ६३ पैसा बनाएको फाइनान्सको प्रतिसेयर सम्पत्तीको कुल मूल्य आठ सय आड रुपैंया ४७ पैसा रहेको छ । फाइनान्सले वित्तीय अवस्था सुधार्ने क्रममा प्रतिसेयर आम्दानी ३६ रुपैंया ९९ पैसा कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले फाइनान्सको खराब कर्जाको अवस्था सुधारका साथै नोक्सान सुधार नहुञ्जेल सेयर कारोबार फुकुवा नगर्ने बताएकोमा अब भने फाइनान्सको पनि सेयर कारोबार सुचारु हुने देखिएको छ । गत चैत २८ गतेबाट फाइनान्सले एकीकृत कारोबार सुरु गरे पनि दश महिना बित्न लाग्दा समेत सेयर कारोबार सुचारु हुन सकेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।