नेपाल बैंकको हकप्रद निश्काशनका लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक

Jan 18, 2017 Merolagani

नेपाल बैंकले निश्काशन गर्न लागेको २३.७४ प्रतिशत हकप्रद सेयरका लागि सिभिल क्यापिटल निश्काशनकर्ता तथा बिक्री प्रबन्धक तोकिएको छ ।  सिभिल क्यापिटलले बैंकको हाल कायम चुक्ता पूँजीको २३ दशमलव ७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

सिभिल क्यापिटललाई सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्बन्धमा बुधबार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरे ।

बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम प्रति एक सय कित्ता बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएको हो ।

हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैंया पुग्नेछ ।

हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ । नेपालको पहिलो तथा ऐतिहासिक नेपाल बैंकले एक सय ३० शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब ९० करोड भन्दा बढी खुद नाफा गरेको जनाईएको छ । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।