मञ्जुश्री फाइनान्सको १७५ प्रतिशत हकप्रद खुल्यो, फागुन ११ गतेसम्म भर्न पाइने

Jan 19, 2017 merolagani

मञ्जुश्री फाइनान्स (MFIL) को हकप्रद शेयरका लागि आवेदन आजबाट खुल्ला भएको छ। फाइनान्सले पूँजी वृद्धि योजना अन्तर्गत एक सय ७५ प्रतिशत हकप्रद जारी गरेको हो । कम्पनीको हकप्रदमा पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन फागुन ११ गते बन्द हुनेछ ।



फाइनान्सले २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । जसमा पुस ९ गतेसम्म दोस्रो बजारबाट शेयर किनेका र साबिक शेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो।

फाईनाइन्सको सेयर निष्काशन तथा विक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालयका साथै एस डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरू, मन्जुश्री फाइनान्सको सबै शाखा कार्यालय, त्रिवेणी विकास बैंकको पाल्पा, बेशीसहर, पनौती, इटहरी र भकुण्डेबेसी शाखाबाट आवेदन गर्न सक्ने छन् । त्यस्तै गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा तथा महाकाली विकास बैंकको महेन्द्रनगर शाखा मार्फत समेत हकप्रदमा आवेदन गर्न सकिने एस क्यापिटलले जनाएको छ ।

हाल २५ करोड छ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको मन्जुश्रीको हकप्रद निष्कासनपश्चात चुक्ता पूँजी ६८ करोड ९२ लाख ८७ हजार पुग्नेछ । फाईनाइन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।