देवः विकास बैंक र सगरमाथा फाइनान्सको पुस मसान्तमा यस्तो छ प्रगति

Jan 19, 2017 Merolagani

देवः विकास बैंक र सगरमाथा फाइनान्सले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा सुधारिएको वित्तीय विबरण प्रकाशित गरेका छन् । देवः विकास बैंकले ठुलो अन्तरले फड्को मार्दै गर्दा सगरमाथाले भने सामान्य सुधार मात्र गरेको छ । यस क्रममा देवः विकास बैंकले १४ करोड तीन लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ भने सगरमाथाले पाँच करोड ६१ लाख ८३ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

देवः विकास बैंक (DBBL) ले गत आर्थिक वर्षको तुलनामा आठ करोड ४० लाख रुपैयाँले खुद नाफा बढाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले पाँच करोड ६३ लाख ७१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । ब्याज आम्दानी २६ करोड दुई लाख ९२ हजार रुपैयाँ पुर्याएको खराब कर्जालाई घटाएर एक दशमलव ७० प्रतिशतमा झारेको छ ।

नौ अर्ब रुपैंया निक्षेप संकलन आठ अर्ब कर्जा प्रवाह गरेको बैंकले गत आर्थिक वर्षको तुलनामा व्यवशाय बिस्तार उल्लेख्य मात्रामा बढेको देखाएको हो । एक अर्ब ४४ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४२ करोड ८० लाख ५४ हजार रुपैयाँ सञ्चित छ ।

प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ४२ रुपैयाँ ६२ पैसा रहेको बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस बितरण गर्न सेयरधनी पुस्तिका बन्द गरिसकेको छ । साथै बैंकले ५० प्रतिशत हकप्रद निष्काशनका लागि पनि बोनससँगै सेयरधनी किताब बन्द गरी यहि माघ नौ गतेदेखि हकप्रद निष्काशन गर्दैछ ।

उता ८० प्रतिशत हकप्रद निष्काशन गरिरहेको सगरमाथा फाइनान्स (SAFL) ले भने गत आर्थिक वर्षको तुलनामा सामान्य सुधार गरेको वित्तीय विबरण प्रकाशित गरेको छ । पुस मसान्तसम्ममा पाँच करोड ६१ लाख ८३ हजार रूपैयाँ खुद नाफा कमाएको फाइनान्सले गत आर्थिक वर्षको यसै अवधिमा दुई करोड ५५ लाख ८४ हजार रुपैयाँले बढी नाफा कमाएको हो ।

ब्याज आम्दानी आठ करोड २७ लाख ५३ हजार रुपैयाँ कमाएको फाइनान्सको जगेडा कोषमा २६ करोड ८९ लाख ७५ हजार रुपैयाँ सञ्चित छ । चुक्ता पूँजी  ३६ करोड ९२ लाख ९८ हजार रुपैयाँ रहेको फाइनान्सले निष्कृय कर्जा अनुपात दुई दशमलव ६५ प्रतिशतमा झारेको छ । समिक्षा अवधिमा फाइनान्सले १९ रुपैयाँ २० पैसा रहेको प्रतिसेयर आम्दानी बढाएर ३० रुपैयाँ ४३ पैसा पुर्याएको छ । फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने बोनस प्रस्ताव गरेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।