राष्ट्रिय वाणिज्य बैंकको कहिले आउँला साधारणसेयर ? ६ महिनामै कमायो सवा अर्ब

Jan 19, 2017 merolagani

सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक (RBB) ले यसै आर्थिक बर्षभित्र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर निष्कासन गर्ने बताएको छ । दुई बर्षभन्दा अगाडिदेखि सर्वसाधारणलाई सेयर जारी गर्ने बताउदै आएको बैंकले आगामी असारसम्ममा सेयर निष्कासनको सबै प्रक्रिया पुरा गर्ने दाबी गरेको छ ।

विहीबार बैंकले आयोजना गरेका पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेयर जारी गर्ने विषयमा सरकारले निर्णय गरिसकेको जानकारी दिदै यसै आर्थिक बर्षमा सेयर निष्कासन गरिने  बताएका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले यस अघि नै ३० प्रतिशत सेयर जनतालाई बिक्री गर्न अर्थमन्त्रालयमा प्रस्ताव गरेकोमा तत्कालीन एमाले नेतृत्वको सरकारले यसलाई अस्विकार गरेको थियो । त्यसपछि यो बिषय बेलाबेला उठ्ने गरेपनि निक्र्यौलमा पुग्न सकेको थिएन ।

बैंक तथा बित्तिय संस्थाहरुले अनिवार्य रुपमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधान बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनमा छ । तर एक मात्र सरकारी नियन्त्रणको राष्ट्रिय बाणिज्य बैंकले अहिलेसम्म साधारण सेयर जारी गरेको छैन ।

यसअघि बैंकले प्रिमियम मूल्यमा साधारण सेयर निश्काशन गर्ने बताएको थियो ।

साथै बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९ करोड रुपैयाँ थियो । यस अवधिमा बैंकले १ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा लगानी र निक्षेप अनुपात (सीडी रेसियो) ६६ प्रतिशत रहेकाले लगानीको समस्या नभएको प्रमुख कार्यकारी क्षेष्ठले बताए । 

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याइसकेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा ३ प्रतिशत हारहारीमा रहेको छ। बाह्र बर्ष अगाडि बैंकको खराब कर्जा ६० प्रतिशत भन्दा धेरै थियो ।

साथै बैंकले पुँजी बजारको विकासका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड स्थापना गरेको छ । यस्तै ग्रामीण क्षेत्रका विपन्न परिवारमा कर्जा सेवा पुर्याउन लघुवित्त संस्थान स्थापनाको तयारी समेत गरेको श्रेष्ठले जानकारी दिए ।

२०२२ साल माघमा स्थापना भएको बैंकका देशभर १७१ शाखा रहेका छन् । बाणिज्य बैंकका हाल दुई हजार ३ सय १३ कर्मचारी रहेका छन भने ४५८ भर्नाको क्रममा रहेको छन् । २४ लाख भन्दा बढी ग्राहक रहेको दाबी गरेको बैंकले ३ लाख ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको बताएको छ । साथै यसै आर्थिक बर्षमा २५ स्थानमा शाखारहित बैंकिग सेवा विस्तार गर्ने समेत जनाएको छ ।

बैंकले एक व्यक्ति कम्तिमा एक बैंक खाता अभियान अन्तर्गत करिब दुई लाख नयाँ खाता खोल्ने लक्ष्य समेत राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।