पूँजी बढाएमा लाभांश खुम्चिने चिन्ता गर्नेेहरुलाई आईसीएफसी फाईनान्सले दियो यस्तो जवाफ

Jan 22, 2017 Merolagani

बैंक तथा बित्तीय संस्थाका केही संचालक र कार्यकारीहरु चुक्ता पूँजी धेरै बढाएमा कम्पनीले प्रति सेयर आम्दानीलाई सन्तुलन गर्न नसकी लगानीकर्तालाई लाभांश बढी दिन सकिदैन भनी चिन्ता ब्यक्त गरिरहेको पाईन्छ तर आईसीएफसी फाईनान्स(ICFC)ले त्यसलाई गलत सावित गरेर  खुद नाफालाई १६८ प्रतिशतले बढाएको छ ।

उसले चुक्ता पूँजी दोस्रो त्रैमाससम्ममा ६८ करोडबाट ८० करोड पुर्याएर पनि खुद नाफा ११ करोड
कमाई प्रति सेयर आम्दानी २७ रुपैयाँ ८५ पैसा कायम गरेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याएर उदाहरण पेश गर्नेमा आईसीएफसी पनि एक भएको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा उसको प्रति सेयर आम्दानी १९ रुपैयाँ ५० पैसा थियो । 

उसले गत बर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा जम्मा चार करोड १६ लाख कमाएको थियो । गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई आकर्षक बोनस सेयर दिएको कम्पनीले यस बर्ष पनि राम्रै प्रतिफल बाड्नसक्ने क्षमता बनाउँदैछ ।

गत बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिसम्ममा ब्याज आम्दानीलाई ९ करोडबाट १६ करोड, संचालन मुनाफालाई ६ करोडबाट ७ करोड बनाएको कम्पनीले निस्क्रिय कर्जा पनि २.१८ बाट ०.९९ प्रतिशतमा झारेको छ । कर्जा जोखिम कोषमा राखेको ७ करोड २७ लाख फिर्ता ल्याएर उसले नाफामा देखाएको छ भने पाँच करोड फेरि जोखिम कोषमा राखेको छ । उसको खुद नाफामा गैर संचालन आम्दानी तीन करोड ३२ लाख रुपैयाँ पनि जोडिएको छ । 

  उसको निक्षेप संकलन र कर्जा बिस्तार सन्तोषजनक नै छ । कर्जा निक्षेप अनुपात ७१ प्रतिशत रहेकाले अझै उसँग कर्जा लगानीयोग्य रकम पर्याप्त छ भन्ने देखिन्छ ।

अहिले राम्रो कमाई गर्यो भन्दै बाँकी दुईवटा त्रैमासमा पनि त्यही दर कायम रहला र अर्को साधारणसभामा पनि बोनस सेयर नै बाड्ला भनेर अहिले उचालिएर सेयर किन्नु चाँही घातक हुनसक्छ । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।