अल्पाईन डेभलपमेन्ट बैंकको नाफा १२२ प्रतिशतले बढ्यो

Jan 22, 2017 merolagani

गत आथिक बर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ४४ लाख खुद नाफा गरेको अल्पाईन डेभलपमेन्ट बैंक(ALDBL@)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अबधिसम्ममा त्यसलाई बढाएर तीन करोड २१ लाख रुपैँया खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यस अवधिमा बैकको कर्जा र निक्षेप दुवै बढेको छ । बैंकले १ अर्ब ८५ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ६७ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । दुई दशमलव ५१ प्रतिशतले निस्कृय कर्जा अनुपात घटाएको बैंकको हाल निस्कृय कर्जा अनुपात एक दशमलव ६८ प्रतिशत रहेको छ ।

बैंकले गत बर्षभन्दा आफ्नो चुक्तापूँजीमा १४ करोड २० लाख बढाएर २६ करोड रुपैँया पुर्याएको छ । बैंकले दोस्रो त्रैमासिक अवधिसम्म व्याज आम्दानी मात्र ११ करोड १२ लाख कमाएको छ बैंकले गत बर्षभने ७ करोड ११ लाख मात्र कमाएको थियो ।

मकवानपुर चितवन र काभ्रेलाई मुख्य केन्द्र बनाएर आर्थिक गतिविधि सञ्चालन गर्दै आएको बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १२८.७५ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।