इन्फिनिटी माइक्रोफाइनान्स संचालनमा आयो, तत्काल १० शाखा विस्तार गर्ने

Jan 22, 2017 merolagani

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड गत शुक्रबारदेखि संचालनमा आएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको संस्थाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपालले उद्घाटन गरेका हुन् ।


संस्थाको उद्घाटनका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबि नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा हुनुपर्ने बताए । साथै उनले वित्तीय पहुंच नपुगेको ठाउंमा पुग्न तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न समेत लघुवित्त संस्थाहरुलाई निर्देशन दिए ।

लघुवित्त सेवाको माध्यमबाट समाजका विपन्न वर्गको जिवनस्तर उकास्ने उद्येश्य सहित नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा ब्यापारीहरुको प्रबद्धनमा सो संस्था संचालनमा आएको हो । हाल संस्थाको ७ करोड चुक्ता पूंजी रहेको छ ।

सो क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले संस्थाले आफ्नो कार्यक्रम विस्तार गर्ने क्रममा लगत्तै कम्तीमा १० वटा शाखाहरु खोल्ने जानकारी दिए । थप शाखाहरु विस्तारसँगै वित्तीय सेवाको पहुंच कम भएका जनताहरुलाई उनीहरुको घरदैलोमा पुगी सेवा दिन संस्था प्रतिबद्ध रहेको पौडेलकको भनाई थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।