नबिल ईक्वीटी फण्डको १२ करोड ५० लाख ईकाई नेप्सेमा सुचिकृत, अर्को साता कारोबार खुल्ने

Jan 23, 2017 merolagani

नबिल ईन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ल्याएको सामुहिक लगानी कोष नबिल ईक्वीटी फण्डको १२ करोड ५० लाख  ईकाई नेप्सेमा सोमबार सुचिकृत भएको छ ।

सेयर बजारमै लगानी गर्ने मुख्य उदेश्य सहित क्यापिटलले एक अर्ब रुपैयाँ मुल्य बराबरको  योजना नबिल ईक्वीटी फण्ड सार्वजनिक गरेको थियो ।

तर माग बढि भएपछि कोषको आकार २५ प्रतिशतले बढेको थियो । ईकाईको गत असोज २ गतेदेखि ६ गतेसम्म निष्काशन खुला भएको थियो ।


फण्डको कारोबार सुचिकृत भएको मितिले एक सातापछि खुल्ने प्राबधान अनुरुप अर्को साता नेपाल स्टक एक्सचेञ्जमा खुल्नेछ । नबिल इक्वीटी फण्ड एक अर्ब २५ करोड रुपैंयाँको सात बर्षे अवधिका लागि नबिल ईन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरेको म्युचुअल फण्ड हो । जसको मंसिर महिनाको प्रतिएकाई खुद सम्पत्तिको मूल्य ९ रुपैंयाँ ८१ पैसा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।