मुक्तिनाथ बिकास बैंकले धेरै पूँजी बढाएर पनि देखायो यस्तो प्रगति

Jan 24, 2017 Merolagani

मुक्तिनाथ बिकास बैंक(MNBBL)ले गत आर्थिक बर्षमा ५० प्रतिशत हकप्रद र ३४ प्रतिशत बोनस सेयरलाई पूँजीकृत गरेर खुद नाफालाई पनि सँगै लैजाने प्रयास गरेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १५ करोड मात्र खुद नाफा गरेको मुक्तिनाथले यस बर्षको सोही अबधिसम्म २२ करोड कमाएर ४६ प्रतिशतले प्रगति गरेको छ ।

चुक्ता पूँजी ८३ करोडबाट एक अर्ब ५३ करोड पुग्दा उसले खुद नाफा पनि सोही अनुपातमा बढाउने प्रयास गरेको देखिन्छ । तर उसको यो प्रयास तत्काल संभव भने देखिएन । प्रति सेयर आम्दानी गत आर्थिक बर्षको दोस्रो त्रैमासमा ३८ रुपैयाँ थियो भने यस बर्ष २९ रुपैयाँमा झरेको छ । निक्षेप ९ अर्बबाट १४ अर्ब पुर्याएको बैंकले कर्जा परिचालन पनि ह्वात्तै बढाएर ८ अर्बबाट १३ अर्ब नघाएको छ । कर्जा धेरै परिचालन गरेबाट कर्जा निक्षेप अनुपात ७९ प्रतिशत नाघेर अब कर्जा परिचालन बढाउन नसक्ने अबस्थामा पुगेको देखिन्छ ।

राष्ट्रियस्तरको बिकास बैंक भएर पनि लघुवित्तको कामलाई उत्तिकै महत्व दिएको मुक्तिनाथले २६ प्रतिशत कर्जा विपन्न बर्गमा परिचालन गरेको देखाएको छ ।

आकर्षक बोनस सेयर बाँडेर क्रमबद्ध रुपमा पूँजी बढाए अनुसार खुद नाफा पनि बढाउँदै लैजाने प्रयास गर्नु, निस्क्रिय कर्जा अनुपात ०.१८ प्रतिशतमा सिमित राख्नु उसका सकारात्मक पक्ष हुन । चुक्ता पूँजी दुई अर्ब ४० करोड पुर्याउन उसले ४० प्रतिशत हकप्रद बिक्रीमाा ल्याउने प्रस्ताव अगाडि बढाउँदै छ ।

पोखराबाट बिस्तारित हुँदै मुक्तिनाथ केन्द्रीय कार्यालय सारेर काठमाडौ आईसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।