कैलाशले खुद नाफा ९३ प्रतिशतले बढाउँदा, खराब कर्जा कति घटायो ?

Jan 25, 2017 merolagani

चालु आर्थिक बर्षको छ महिनाको अवधिमा कैलाश विकास बैंक (KBBL)ले २६ करोड ३८ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको खुद नाफा गत बर्षको तुलनामा ९३ प्रतिशतले बढेर १२ करोड रुपैयाँ वृद्धि भएको हो । गत बर्ष बैंकले १३ करोड ६६ लाख खुद नाफा कमाएको थियो ।

 

 

 

 

बैंकले दोस्रो त्रैमासिकको समिक्षा अवधिमा १५ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरि १४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ४६ करोड २९ लाख रुपैँया खुद व्याज आम्दानी र ५१ करोड ८५ लाख रुपैँया सञ्चालन मुनाफा गरेको छ । बैकको व्याज आम्दानीमा भएको दुई गुणा सुधारका कारण नाफामा वृद्धि भएको हो ।

एक अर्ब ९७ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक बर्षको दास्रो त्रैमासिक अवधिमा बैकले खराब कर्जालाई घटाएर शून्य दशमलव ७० प्रतिशतमा झारेको छ । गतवर्ष यसै अवधिमा १.५९ प्रतिशत खराब कर्जा रहेको थियो । साथै बैकले यसअवधिमा २१ करोड आठ लाख रुपैयाँ बराबरको राइट ब्याक समेत गरेको छ ।

त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १० पैसा, कर्जा निक्षेप अनुपात ७८ दशमलव ३१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेप्सेमा बुधबार तीन सय २४ हाराहारिमा कारोबार भइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।