दोब्बरले नाफा बढाएको गरिमाले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने, साधारण सभा कहिले ?

Jan 25, 2017 Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा झण्डै दोब्बरले खुद नाफा बढाएको गरिमा विकास बैंक (GBBL) ले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद सहित बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव समेत पारित गराउनका लागि साधारण सभा पनि बोलाएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ९९ लाख सात हजार रुपैंया खुद नाफा कमाएको बैंकले यस पटक १५ करोड ९५ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको हो । व्याज आम्दानी, सञ्चालन मुनाफा, निक्षेप संकलन तथा कर्जा प्रवाहको आकार फराकिलो अंकले बिस्तार गरेसँगै बैंकको खुद नाफामा यस्तो सुधार देखिएको हो ।

समिक्षा अवधिमा चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैंयाबाट एक अर्ब आठ करोड रुपैंया पुर्याएको बैंकले २० प्रतिशत बोनस बितरण गरी चुक्ता पूँजी एक अर्ब २९ करोड ६६ लाख रुपैंया पुर्याउन लागेको हो ।

बोनस बितरण पश्चात बैंकले राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउनका लागि ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा लैजाँदैछ । साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित भए पछि बैंक धितोपत्र बोर्डमा जानेछ । पुस मसान्तमा २९ रुपैंया ५३ पैसा प्रतिसेयर आम्दानी बनाएको बैंकले हकप्रद निष्काशन गरी चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैंया पुर्याउने छ ।

बैंकका कम्पनी सचिव माधवप्रसाद आचार्यका अनुसार अढाई अर्ब पूँजी पुर्याउन नपुग रकम चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर थप्ने योजना बैंकले लिएको छ । साधारण सभाबाट बैंकले मर्जर तथा एक्विजिशनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ ।

बैंकले हकप्रद निष्काशन तथा बोनस बितरणको प्रस्ताव पारित गर्नका लागि आगामी फागुन छ गते शुक्रबार साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकको सेयरधनी पुस्तिका यहि माघ २१ गतेदेखि बन्द हुँदैछ । बैंकको बोनस सुरक्षित गर्न चाहनेले माघ २० गतेसम्ममा सेयर किनिसक्नु पर्नेछ ।

सुन्य दशमलव ८४ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको बैंकको मूल्य आम्दानी अनुपात १३ दशमलव १४ गुणा बढी रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।