स्टाण्डर्ड चार्टर्ड तथा मेरो माईक्रोफाईनाईन्सको नगद लाभांश पाउन यसो गर्नुहोस्

Jan 26, 2017 merolagani

बैंक तथा माइक्रोफाइनान्सले लगानीकर्तालाई नगद लाभांस संकलनका लागि आग्रह गर्दै सुचना प्रकाशित गरेका छन् । तपाईसँग स्टाण्डर्ड चार्टर्ड तथा मेरो माईक्रोफाईन्सको सेयर छ र नगद लाभांश लिनुभएको छैन भने अब यसरी प्राप्त गर्नुहोस् । 

स्टाण्डर्ड चार्टर्ड बैकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १९.२१ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । बैंकले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत साउन १४ गतेदेखि नै सेयरधनीलाई नगद वितरण गरेको थियो । हालसम्म पनी आफ्नो नगद संकलन नगरेका सेयरधनीलाई बैंकले माघ १३ गते विहिबारदेखि बैंकको नयाँ बानेश्वर शाखाबाट वितरण गर्ने भएको छ । तपाईले अब त्यहाँबाट नगल लाभांश संकलन गर्न सक्नुहुन्छ । 

त्यस्तै मेरो माईक्रोफाईनाइन्सको लाभांश सिधै बैंक खातामा पठाउन विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले फागुन मसान्तभित्र सेयरधनीलाई आफ्नो बैंक खाता नं उपलब्ध गराउन सुचित गरेको छ । खाता नं विक्री प्रवन्धकको कार्यालय जमल तथा मेरो माईक्रोफाईनाइन्सको कार्यालयमार्फत बुझाउन सकिनेछ । साथै आईपीओमा परेको सेयर प्राप्त नगर्ने सेयरधनीलाइ समेत हितग्राहि खाता नै उपलब्ध गराउन क्यापिटलले भनेको छ । उक्त विवरण विक्री प्रवन्धकको इमेल info@gicl.com.np मा समेत पठाउन सकिनेछ ।

बैक खाता उपलब्ध गराउँदा आवश्यक पर्ने निवेदनको ढाँचा तथा आईपीओमा परेको सेयर अभौतिकिकरण गराईदिने निवेदनको ढाँचा क्यापिटल तथा मेरो माईक्रोफाईनाइन्सको वेभसाईटहरुबाट पनि प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।