नेपाल ग्रामीण विकास बैंकले करिब १० लाख कित्ता एफपीओ जारी गर्ने

Jan 30, 2017 merolagani

नेपाल ग्रामीण विकास बैंक (NGBBL) ले ९ लाख ७५ हजार कित्ता थप साधारण सेयर अर्थात एफपीओ जारी गर्ने भएको छ । बैंकले आफ्नो पूँजी बढाउन सो परिमाणमा थप साधारण सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको दोस्रो वार्षिक साधारणमा जानकारी गराएको हो ।

गत शुक्रवार बुटवलमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ ।

बैंकले चालु आर्थिक बर्षको पौष मसान्त सम्ममा ७ अर्व ११ करोड ३६ लाख २१ हजार कर्र्जा लगानी र २ अर्व १ करोड ७५ लाख ६ हजार बचत परिचालन गरेको छ । यसअवधिमा बैंकले २८ करोड २० लाख ५० हजार सञ्चालन मुनाफा (कर तथा वोनस अघिको) गरेको छ ।

हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउ“दै आएको जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले मर्ज पश्चात बैंकको समग्र वित्तीय अवस्थामा उल्लेखनिय सुधार भईरहेको र आगामी दिनमा कार्यक्रम नपुगेका जिल्लाहरु मध्येका थप जिल्लाहरुमा नियमन व्यवस्था अनुरुप शाखा स्थापना गरी आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्ने बताए ।

साथै उनले निस्कृय कर्जा असुली कार्यलाई उच्च प्राथमिकता दिने, कर्जा तथा वचतको आकारमा बृद्धि गर्ने, सर्वसाधारणलाई निस्कासन गर्न वांकी रहेको ९ लाख ७५ हजार कित्ता शेयर मार्फत विक्री गरी पू“जी वृद्धि गर्ने र नया“ सफ्टवेयर जडान गरी बैंकको काम कारवाहीलाई यान्त्रिकीकरण गरी कार्य प्रभावकारिता वढाउने लगायतका योजनाका साथ काम भईरहेको जानकारी दिए ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पा“च विकास क्षेत्रमा स्थापना भएका साविकका पा“च वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । हाल यस बैंकको चुक्ता पू“जी ५५ करोड ७५ लाख रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।