चुक्ता पूँजी बढ्यो भनेर चिन्ता गर्नेहरुलाई नेपाल ईन्भेष्टमेन्ट बैंकले यसरी दियो गतिलो जवाफ

Jan 31, 2017 Merolagani

तिलक कोइराला

बैंक तथा बित्तीय संस्थाको चुक्ता पूँजी बढ्यो, अब धेरै कमाएर धेरै नाफा बाड्न सक्दैनन् भनी चिन्ता गर्नेहरुमा सर्बसाधारण लगानीकर्ता मात्रै हैन, बैंकका संचालक र प्रमुख कार्यकारीहरु समेत अगाडि देखिन्छन् तर नेपाल ईन्भेष्टमेन्ट बैंक(NIB)ले ती सबैलाई एकमुष्ठ रुपमा गतिलो जवाफ दिएको छ ।


नेपाल ईन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिसम्ममा खुद नाफा झण्डै ४८ प्रतिशतले बढाएर प्रति सेयर आम्दानी पनि अझै आकर्षक बनाएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी आठ अर्ब ७० करोड चुक्ता पूँजी कायम गरेको बैंकले दोस्रो त्रैमाससम्ममा एक अर्ब ५८ करोड खुद नाफा गरेर पूँजी बढेकोमा चिन्ता गर्नेहरुलाई गतिलो जवाफ दिएको हो ।

जगेडा कोषमा चुक्ता पूँजी भन्दा धेरै रकम राखेको बैंकले पूँजी कोष बढाउनुका साथै निस्क्रिय कर्जालाई उल्लेखनीय रुपमा घटाएर उदाहरण पेश गरेको छ । एक खर्ब १६ अर्ब निक्षेप संकलन गरेर झण्डै ९७ अर्ब कर्जा प्रबाह गर्ने बैंक चानचुने हुँदै हैन भन्ने स्पष्ट छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ । 

ब्याज आम्दानी र संचालन मुनाफा बृद्धि  नै उसको खुद नाफामा झण्डै ४८ प्रतिशत बढोत्तरीको मुख्य कारण देखिएको छ । कोषको लागत ३.५३ र स्पे्रड दर ४.४६ मात्र हुनुले उसको प्रगति आगामी दिनमा अरु हुने संकेत गर्दछ ।

अहिले तरलता संकट भयो भन्दै अरु बैंकहरु पूँजी कर्जा निक्षेप अनुपात मिलाउन दौडधुप गरिरहेको बेला  उसको पूँजी कर्जा निक्षेप अनुपात अर्थात सीसीडी रेसियो ७८ प्रतिशत रहेको छ ।

जसको चुक्ता पूँजी धेरै र जगेडा कोष त्यो भन्दा बढी हुन्छ उसले नै जोखिम कम गरी लगानी बढाएर धेरै प्रगति गर्नसक्छ भन्ने कुरा ईन्भेष्टमेन्ट बैंकले प्रमाणित गरेको छ । चुक्ता पूँजी र जगेडा कोष गरी झण्डै १८ अर्ब रुपैयाँ उसले निस्फिक्री परिचालन गर्न सकेको छ । 

सेयर बजारमा कारोबार भईरहेको सेयर मूल्य कति महंगो वा जोखिमपूर्ण छ भनेर जाच्ने हो भने मूल्य आम्दानी अनुपात १९.६४ मात्र हुनुले उसको सेयर किन्दा जोखिम कम रहेको देखाउँछ ।

ईन्भेष्टमेन्ट बैंकले बर्षेनी लगानीकर्ताहरुलाई बोनस सेयर र नगद लाभांश मिलाएर बितरण गर्दै आएको छ । जगेडा कोषमा गत बर्षकै बाड्न मिल्ने रकम (पर्याप्त फ्रि रिजर्भ) रहेकाले त्यसमा यस बर्षको समेत थपिदा लगानीकर्तालाई लाभांशको कुनै चिन्ता नहुने स्पष्ट छ । त्यसमाथि एस डेभ्लपमेन्ट बैंकलाई किन्ने प्रक्रियामा रहेको बिबाद मिलाउन सफल भएमा बैंक अझै बलियो हुने निश्चित छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।