कसले कतिमा सकार्यो सिद्धार्थ बैंकको लिलाममा राखिएको सेयर ?

Jan 31, 2017 Merolagani

सिद्धार्थ बैंक (SBL) ले लिलाम गरेको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर बोलकबोलबाट बिक्री भएको छ । बैंकले माघ ११ देखि १७ गतेसम्म लिलाम गरेको उक्त सेयरका लागि आठ सय २६ वटा आवेदन परेकोमा लिलाममा तोकिएको न्युनत सेयर मूल्य भन्दा माथिका तीन सय ४४ आवेदकले उक्त सेयर सकारेका हुन् । न्युनतम कति मूल्य तिर्नेले् पाए सिद्धार्थको सेयर ......

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा मंगलबार मध्यान्ह तीन बजेदेखि खोलिएको बोलकबोल अनुसार बैंकको लिलाम भएको सेयर न्युनतम आठ सय १२ रुपैंया ५० पैसासम्मका आवेदकलाई बाँडफाँड गरिएको छ । बैंकको उक्त सेयरका लागि अधिकतम नौ सय ६० रुपैंयासम्मको आवेदन परेको छ ।

मंगलबार सिद्धार्थ बैंकको प्रतिकित्ता सेयर नौ सय रुपैंयामा किनबेच भएको छ । यस आधारमा लिलामबाट नौ सय ६० रुपैंयामा सेयर सकार्नेलाई ६० रुपैंया नोक्सान परेको छ । बजार घट्ने क्रममा मंगलबार आठ सय ६८ रुपैंयासम्ममा किनबेच भएको सेयर अब फेरी बजार घटेको खण्डमा हकप्रद र लिलाम भएको सेयर सुचिकरण हुँदासम्म कति रुपैंयामा पुग्छ भनेर अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन । यसले घट्दो बजारमा लिलाम हुने सेयर आवेदन गर्दा लगानीकर्ता चनाखो हुनु पर्ने सन्देश भने दिएको छ । 

न्युनतम मूल्यदेखि माथिका आवेदकलाई बैंकले औसतमा आठ सय ५० रुपैंयाको हाराहारीमा लिलाममा राखिएको सबै सेयर बेचेको छ । सेयर आवेदकको संख्या धेरै हँदा अधिकांसले आठ सय रुपैंयाभन्दा तलको मूल्यमा आवेदन गरेको देखिएको छ । जसका कारण आठ सय १२ रुपैंया ५० पैसाभन्दा माथिका आवेदकलाई मात्र सेयर बाँडफाँड गरिएको हो ।

फेस भ्यालु एक सय रुपैंया पूँजीमा गणना गर्दा पनि बैंकले झण्डै सात सय ५० रुपैंया प्रतिकित्ताका दरले पौने बाह्र करोड रुपैंया प्रिमियम संकलन गरेको छ । बैंकले केही समय अघि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त निष्काशनका दौरान बिक्री नभएको सेयर बैंकले लिलाम गरी मूल्य बढाबढमा बिक्री गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।