सिद्धार्थ बैंकको सेयर मूल्य कतिमा भयो समायोजन ?

Feb 02, 2017 Merolagani

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको बोनस बिहीबार समायोजन भएको छ । जस अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य छ सय ६४ रुपैंया निर्धारण भएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य सात सय ४० रुपैंया रहेको छ । बैंकले ३९ प्रतिशत बोनस आगामी साधारण सभाबाट पारित गराउँदैछ ।

केही समय अघि २५ प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले हकप्रदलाई समेत बोनस बितरण गर्नेछ । हकप्रदमा बिक्री नभएर लिलाम भएको सेयरले पनि प्रस्तावित बोनस पाउने छन् । बैंकले फागुन ५ गतेका लागि साधारणसभा बोलाएको छ ।

विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेकोमा २५ प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुगेको छ । बैंकले प्रस्ताव गरेको बोनस बितरण पश्चात चुक्ता पूँजी पाँच अर्ब २३ करोड पुगेको छ ।

आगामी फागुन पाँच गतेको साधारणसभाबाट बैंकले फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्देछ । उक्त हकप्रद समेत निष्काशन भए पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब ८० करोड पुग्नेछ । राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउन एक अर्ब २० करोड बाँकी रहने बैंकले चालु आर्थिक वर्षको कमाईबाट बोनसका साथै कुनै सानो संस्थासँग अर्को मर्जर वा एक्विजिशनमा जानु पर्ने हुन सक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।