३० प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद बेचेको मितेरीको कमाई कति ?

Feb 05, 2017 merolagani

सुनसरीको धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस पटक खुद नाफामा ३१.४० प्रतिशतले सुधार गरेको छ । बैंकको खुद नाफामा यो बर्ष एक करोड २४ लाख रुपैँयाले वृद्धि भएको हो ।

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा पाँच करोड २१ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले तीन करोड ९७ लाख रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा मितेरीले निक्षेप संकलन एक अर्ब ९० करोड ६१ लाख रुपैंयाबाट बढाएर दुई अर्ब ३८ करोड रुपैँया पुर्याएको छ ।

समिक्षा अवधिमा बैंकले कर्जा प्रवाह पनि एक अर्ब ७० करोड रुपैँया रहेकोमा दुई अर्ब १६ करोड ७५ लाख रुपैँया पुगेको छ । कर्जा र निक्षपको मात्रा बढाए पछि मितेरी डेभलपमेन्ट बैंकको खुद व्याज आम्दानी गत बर्षभन्दा दुई करोड चार लाख रुपैँया बढेर आठ करोड ८८ लाख रुपैँया पुगेको छ । बैंकको खुद नाफा २७.४८ प्रतिशतले बढेको हो ।
हाल बैंकको चुक्ता पूँजी ३७ करोड ४३ लाख रुपैँया रहेको छ । गत बर्षभन्दा बैंकको पूँजी १६ करोड ३१ लाख रुपैँया बढेको हो । बैंकको जगेडा कोष गत बर्ष यसै अवधिमा आठ करोड २५ लाख रुपैँया रहेकामा ५२.१८ प्रतिशत बढेर १२ करोड ५६ लाख रुपैँया पुगेको छ ।

बैंकले समिक्षा अवधिमा निष्कृय कर्जा अनुपात शुन्य दशमलव २४ प्रतिशतबाट घटाएर शुन्य दशमलव ११ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैँया ८८ पैसा, प्रतिसेयर नेटनर्थ १३३ रुपैँया ५७ पैसा, पूँजीकोष अनुपात ६.५० प्रतिशत तथा मूल्य आम्दानी अनुपात १७.७५ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।