भिबोर सोसाइटी र लुम्बिनी फाइनान्स गाभिएर लुम्बिनी विकास बैंक बन्ने

Feb 06, 2017 Merolagani

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने क्रम चल्दै गर्दा सोमबार मात्र भिबोर सोसाइटी डेभलपमेण्ट बैंक (VSDBL) र लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनी (LFLC) ले एक आपसमा मर्ज हुने सम्झौता गरेका छन् । केही समय अघि मात्र भिबोर विकास बैंक र सोसाइटी डेभलपमेण्ट बैंक मर्ज भएर बनेको भिबोर सोसाइटी फेरि फाइनान्स कम्पनीसँग मर्जरमा गएको हो ।

भिबोर सोसाइटी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलक खनालका अनुसार सोमबार दुई संस्था मर्जमा जाने सम्बन्धमा सम्झौता भएको छ । भिबोर सोसाइटीका तर्फबाट बैंकका अध्यक्ष शुशीलराज पराजुली तथा फाइनान्सका अध्यक्ष चिन्तामणि भट्टराईले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मर्जर पछि बन्ने संस्थाको नाम लुम्बिनी विकास बैंक रहने सहमति भएको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । उनका अनुसार सेयर स्वाप रेशियोको निर्णय डिडिए प्रतिवेदनका आधारमा हुनेछ । अहिले भिबोर सोसाइटीको चुक्ता पूँजी एक अर्ब ८१ करोड तथा लुम्बिनी फाइनान्सको ४१ करोड रुपैंया रहेको छ । प्रमुख कार्यकारी खनालका अनुसार दुवै संस्थाले एक बराबर एकको अनुपात कायम गराएको खण्डमा नयाँ बैंकको चुक्ता पूँजी दुई अर्ब ३८ करोड रुपैंया नाघ्नेछ ।

विगतमा संकटपुर्ण अवस्था झेलेका भिबोर र सोसाइटीले मर्ज पछि खुद नाफा बढाएर बोनस बितरण गरी चुक्ता पूँजी पुर्याउन नसक्ने अवस्था देखे पछि राम्रो र बलियो फाइनान्स कम्पनी खाजेर मर्जमा गएका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।